राजनीति
बि’द्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारसंग बार्ताकाेे लागि औपचारिक अपिल गरेका छन। महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अपिल गरेका हुन ।
केही समय अघि रणनीतिक माेर्चा बनाएकाे विप्लवले शान्तिपूर्ण राजनीतिक मा आउने संकेत गरेकाे थियाे । बर्तमान संकटकाे हलका रुपमा संयुक्त सरकारकाे नारा सारेकाे उक्त पार्टी ले वार्ताकाे आह्वान गरेकाे हाे ।
दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।
महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको निष्कर्ष पनि प्रस्तुत गरेका छन् ।
महासचिव विप्लव ले ‘यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो ।’ विप्लवले सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी भएकाले सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह पनि गरेका छन् ।
हेर्नुस् विज्ञप्ति
