logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपराष्ट्रपति ‘टिकेपृष्टका’ सभामुख ‘झगडिया’ : प्रधानमन्त्री ओली


  • राजनीति
  • शनिबार, फाल्गुन ८ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुखको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको उनले बताए ।

नेकपा ओली समूहले शनिबार बिराटनगरमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले निर्वाचनको पक्षमा उभिन उपराष्ट्रपतिलाई आग्रह गरेका छन् ।

‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको छ’ उनले भने, ‘म उहाँँलाई भन्न चाहन्छु, उहाँको पदले सरकारविरुद्ध भाषण गरेर हिँड्ने, संविधान मिचियो, प्रतिनिधिसभा विघटन गरेर वेठिक भयो भन्न मिल्छ ।’

चुनाव नगर्ने प्रष्टभूमिबाट आएपनि अब चुनावतिर आउनुस् भन्दै उनले व्यंग्य समेत गरे । प्रधानमन्त्री ओलीले सरकारसँग झगडिया बनेको भन्दै सभामुखको पनि आलोचना गरेका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा मुद्धा हालेका छन् । त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भने, उहाँ सरकारविरुद्ध मुद्दा हाल्न कुद्नु भएको छ । सरकार विरोधी झगडया हो सभामुख ।’

उनले अघि भने, सभामुखले झगढिया हुन सुहाउँछ ? सभामुख छानेको झगडिया हुन हो ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार