logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्र’ति’ब’न्ध हटाउन मन्त्रीपरिषद बस्दै, पाैडेलकाे नेतृत्वमा वार्ता टाेली


  • पत्रपत्रिका
  • आइतबार, फाल्गुन ९ २०७७

सरकारले दुई वर्षअघि गतिविधिमा प्र’ति’ब’न्ध लगाएपछि भू’मि’ग’त आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द नेकपा प्र’ति’ब’न्ध फु’कु’वा भए वार्तामा बस्न तयार भएको छ ।

प्रतिनिधिसभा विघटनपछि र’क्षा’त्म’क बनेको सरकारले विभिन्न शक्तिलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका बेला महासचिव चन्दले शनिबार विज्ञप्ति जारी गरेर सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् ।

यसअघि वार्ताका लागि नेकपाले तयार रहेको बारम्बार भनिरहँदा सरकारले बेवास्ता गरिरहेको थियो । तर पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि अरू सबै राजनीतिक शक्ति र नागरिक समाजसमेत विरोधमा उभिएपछि सरकारको ध्यान आफैंले प्र’ति’ब’न्ध लगाएको राजनीतिक तर्फ मोडिएको थियो ।

 

अनौपचारिक संवादमा यस पटक सरकार लचिलो रूपमा प्रस्तुत भएपछि प्र’ति’ब’न्ध फु’कु’वा भएको अवस्थामा वार्तामा बस्न नेकपा तयार भएको हो । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको

सचेत पहल हो,’ चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको सबैसँग जानकारी गराउँछौं ।’

बालुवाटार र चन्द समूहबीच दुई पटक पत्र आदानप्रदान भएको स्रोतले जानकारी दियो । ‘सुरुमा बालुवाटारबाटै संवाद गरौं भन्ने कुरा गयो, त्यसपछि विप्लव नेकपाले संवादका लागि सर्त अघि सार्‍यो, झु’ट्टा मु’द्दा खा’रे’जी र नेताहरुकाे रि’हा’इ अरू सर्तमा सकारात्मक रहेको तर पार्टीका महासचिवको भनाइ पनि आउनुपर्ने जवाफ बालुवाटारले दियो,’ त्यसपछि ‘चन्दको हिजाे (शनिबार) को वक्तव्य त्यसैको परिणाम हो, सम्भवतः एक/दुई दिनमै मन्त्रिपरिषद् बैठक बसेर प्र’ति’ब’न्ध फु’कु’वा’को घोषणा हुनेछ ।’

 

सरकारले प्र’ति’ब’न्ध फु’कु’वापछि कस्तो खालको वार्ता टोली बनाउँछ, त्यही आधारमा नेकपाको पनि वार्ता टोली बन्ने स्रोतको भनाइ छ । मन्त्रीस्तरीय टोली बने सबैभन्दा उपल्लो तहका नेताकै संयोजकत्वमा चन्दले वार्ता टोली बनाउने तयारी छ । सरकारले वार्ता टोली बनाएकै भोलिपल्ट वार्तामा बसिहाल्ने तयारीमा छ ।

सरकारसँग संवादको चाँजोपाँजो मिलाउने काम नेता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा भइरहेको छ । पार्टीभित्र कहिलेकाहीं चन्द र विश्वकर्माबीच आन्तरिक अ’न्त’रसं’घ’र्ष चल्ने हुनाले थप विश्वस्त हुन सरकारी पक्षले वार्ताका लागि महासचिव चन्दको समेत धारणा मागेको थियो । त्यसैले सरकारी पक्षलाई विश्वास दिलाउन चन्दले शनिबार विज्ञप्ति जारी गरेका हुन् ।

‘प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर नेकपा फु’टेपछि पुष्पकमल दाहाललाई कमजोर बनाउनका लागि गर्न सकिने सबै खालको कदम चाल्न खोजेको जस्तो देखिन्छ । पुस ५ यता नै नेकपाका नेताहरूसँग सरकारी पक्षको बाक्लो छलफल चलिरहेको छ,’ सरकार र नेकपाबीच संवादको समन्वय गरिरहेको स्रोतले भन्याे, ‘प्र’ति’ब’न्ध थेग्न नेकपालाई पनि कठिन भइरहेको छ । त्यसैले दुवै पक्ष वार्ताका लागि तयार देखिन्छन् ।’

प्रतिनिधिसभा पुनःस्थापना भयो भने विभिन्न अ’स’न्तु’ष्ट समूहलाई मूलधारमा ल्याउन पहल गरेको दाबी गर्न पनि मिल्ने र चुनाव हुने स्थितिमा दाहाल–नेपाल पक्षलाई हराउन नेकपा प्रयोग गर्न सकिने भएकाले पनि ओली संवाद गरेर उसलाई मूलधारमा ल्याउन इच्छुक देखिएको स्रोतको भनाइ छ ।

चन्दसम्बद्ध एक नेताका अनुसार अहिले उनको पार्टी र सरकारका प्रतिनिधिबीच सघन संवाद भइरहेको छ । संवादमा नेकपाले राज्यका तर्फबाट औपचारिक पत्रको प्रतीक्षा गरेको छ ।

सरकारले पनि एक/दुई दिनमा वार्तामा बस्न आह्वान गर्दै पत्र पठाउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्ध फुकुवाको निर्णय पनि हुनेछ । त्यसैका लागि वातावरण बनोस् भनेरै शनिबार चन्दले विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

एक नेताले भने प्र’ति’ब’न्ध फु’कु’वा र प’क्रा’उ परेका नेता–कार्यकर्ताको रिहा गरेर राज्यले औपचारिक पत्र पठायो भने आफूहरू वार्तामा आउने सर्त राखेको जानकारी दिए ।

सरकारका तर्फबाट अनौपचारिक संवाद गरिरहेका प्रतिनिधिले ग’म्भी’र फौ’ज’दा’री मु’द्दा (वि’शे’ष’ग’री ज्या’न मु’द्दा) लागेर जेलमा परेका बाहेक अरूको मु’द्दा फि’र्ता लिन सरकार तयार रहेको बताए । यसमा नेकपा सकारात्मक रहेकाले एक/दुई दिनमै वार्ताका लागि आह्वान हुन सक्ने स्रोतको भनाइ छ ।

नेकपाका तर्फबाट विश्वकर्मासँगै अनिल शर्मा, चिरन पुनलगायतले अनौपचारिक संवाद गरिरहेका छन् । सरकारी पक्षबाट अर्थमन्त्री विष्णु पौडेलले नै संवादको समन्वय गरिरहेको र उनकै समन्वयमा वार्ताको वातावरण सहज होस् भनेर शर्मालाई हिरासतमुक्त गरिएको स्रोतको दाबी छ ।

सरकारले २०७५ फागुन २८ गते गतिविधिमा प्र’ति’ब’न्ध लगाएपछि भूमिगत रहेको नेकपा प्र’ति’ब’न्ध फु’कु’वा भए मूलधारकै राजनीतिमा आबद्ध हुने सोचमा छ । यसका लागि प्रधानमन्त्री ओलीसँगै समन्वय गरेर जाने या अरू साना कम्युनिस्ट पार्टीहरूसँग मोर्चाबन्दी बलियो बनाउने भन्ने बहस भने टुंगो लागिसकेको छैन ।

तर खुला राजनीतिमा आएपछि गत माघ २९ मा अरू तीन दलसित गरेको रणनीतिक संयुक्त मोर्चा घोषणाकै आधारमा त्यसैलाई पार्टीको रूप दिन सकिने विषयमा यो समूहको मत बलियो छ । संसदीय राजनीतिबाट निकास निस्किँदैन भन्ने नेकपाभित्र प्रतिनिधिसभा नभएको अहिलेको अवस्था वैकल्पिक राजनीतिक धार स्थापित गर्न महत्त्वपूर्ण हुन सक्ने कुरा पनि उठेको छ । ‘वार्तालाई लिएर दुवै पक्षको आ–आफ्नो तयारी देखिन्छ,

प्रधानमन्त्रीले चुनाव हुँदा या प्रतिनिधिसभा पुनःस्थापित भएर संयुक्त सरकार बन्ने अवस्था आउँदाका विभिन्न विकल्पमा उग्रवामपन्थी, अति दक्षिणपन्थी सबै धार र समूहसँग कुराकानी गरिरहनुभएको छ,’ वार्ता सम्बद्ध स्रोतको भनाइ छ, ‘चन्दजीहरू पनि चार पार्टीको मोर्चा बलियो बनाउने र सकेसम्म एकता गरेरै अघि जाने सोचमा हुनुहुन्छ । त्यसका लागि उहाँहरू खुला राजनीतिमा आउन जरुरी छ ।’

पार्टीका वरिष्ठ नेताहरू झ्यापझ्याप पक्राउ पर्न थालेपछि खुला राजनीतिमा आउन यो नेकपालाई पनि दबाब परेको छ ।

चन्दले यसअघि गत फागुन १ गते ‘जनयुद्ध दिवस’ को शुभकामना दिँदै अहिलेको राजनीतिक संकटको निकास वैकल्पिक संयुक्त सरकार हुन सक्ने बताएका थिए ।

उनले त्यतिखेर प्रयोग गरेको ‘वैकल्पिक संयुक्त सरकार’ का सन्दर्भमा ठोस छलफल सुरु भइनसके पनि थप परिभाषित गरेर संवाद अघि बढाउन सकिने सरकारसम्बद्ध नेताले बताए ।

यसअघि सरकारले चन्दलगायत असन्तुष्ट समूहहरूसँग वार्ता गर्ने भन्दै नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा २०७५ कात्तिकमा वार्ता टोली बनाएको थियो ।

तर वार्ता सुरु नहुँदै नेकपाले ललितपुरको नक्खुमा गराएको ब’म वि’स्फो’टले जनधनको क्ष’ति गरेपछि सरकारले उसको गतिविधिमा प्र’ति’ब’न्ध लगाउने निर्णय गरेको थियो । नेकपा त्यसयता भू’मि’ग’त अवस्थामै छ । तत्कालीन सरकारी वार्ता टोलीका संयोजक पाण्डे र नेकपाका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल गत वर्ष फागुन अन्तिमसम्म नेकपासँग सम्पर्कमै थिए ।

पाण्डेसँग गत वर्ष पश्चिम नवलपरासीमा भएको अनौपचारिक संवादमा नेकपाबाट अनिल शर्मा सहभागी थिए त्यतिखेर उनीहरूले औपचारिक वार्ताका लागि प्र’ति’बन्ध फु’कु’वा र हि’रा’स’तमा रहेका आफ्ना नेता–कार्यकर्ताको रिहा गर्नुपर्ने सर्त राखेका थिए । त्यही रिपोर्ट सरकारलाई बुझाएका पाण्डेले फेरि उनीहरूलाई सम्पर्क गरेनन् र कुराकानीको सिलसिला पनि टुट्यो ।

नेकपाका नेता शर्मा गत वैशाख २३ गते चितवनबाट प’क्रा’उ परे । पटक–पटक प’क्रिँ’दै छोड्दै गरेको प्रहरीले तीन साताअघि उनलाई हि’रा’स’त’मु’क्त गर्‍यो । संवादका लागि वातावरण बनाउन सहज हुन्छ भनेरै शर्मालाई हिरासतमुक्त गरिएको स्रोतको भनाइ छ किनभने उनीभन्दा अघि पक्राउ परेका हेमन्तप्रकाश वली, माइला लामालगायत नेता अहिले पनि जेलभित्रै छन् । वलीलाई खानेपानीमन्त्री मणि थापाले भेटेरै संवादका लागि तयार रहन आग्रह गरेका थिए ।

संवादकै समन्वय गरिरहेका अर्का शीर्ष नेता धर्मेन्द्र बाँस्तोला गत पुस २९ गते पक्राउ परेका थिए । सरकार र चन्द पक्षबीच संवाद चलिरहेको विषयमा समन्वय नभएकाले उनी पक्राउ परेको र छिट्टै छुट्ने दुवै वार्तालाई नजिकबाट हेरिरहेका दुवै पक्षको भनाइ छ । बाँस्तोलाका छोरी र ज्वाइँसमेत ओली नेतृत्वको नेकपामा खुलिसकेका छन् । केही दिनअघि उनीहरूले बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेटेको फोटो सार्वजनिक गरेका थिए ।कान्तिपुरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार