logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पहिलो पटक मान्छेमा भेटियाे बर्ड फ्लु


  • एजेन्सी
  • आइतबार, फाल्गुन ९ २०७७

चराबाट मान्छेमा बर्ड फ्लू सरेको पहिलो केस भेटिएपछि रुसले दर्ता गरी विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरेको छ ।

ए एच ५ एन ८ नामको बर्ड फ्लू मानव शरीरमा सरेको भन्दै उक्त केसलाई रुसले निगरानी गरेको हो । एच ५ एन ८ प्रकोप पछिल्लो समय रुस, यूरोप, चीन, मध्यपूर्व र उत्तर अमेरिकी देशमा देखा परेको बताइएको छ । तर उक्त प्रकोप कुखुरा फार्ममा मात्रै देखिएको छ ।

एच ५ एन १, एच ७ एन ९ र एच ९ एन २ प्रकोप मानव शरीरमा फैलिएको बुझिएको हो । यसबारे डब्लूएचओका अधिकारीहरुले शनिबार जनाएका हुन् ।

विज्ञहरुका अनुसार यस्तो प्रकोप चराहरुका लागि घातक मानिए पनि मानव शरीरमा पहिलो पटक फैलिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार