logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवको बिज्ञप्तीको अर्थ खोज्दै सरकार : दुई वाक्यले नै फनफनी पार्‍यो !


  • राजनीति
  • सोमबार, फाल्गुन १० २०७७

बि’द्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिबार विज्ञप्ति जारी गर्दै ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक छौं’ भनेपछि अब सरकारतिर सबैको नजर गएको छ । सरकारले नेकपामाथिको प्र’तिबन्ध हटाएर वार्ता समिति गठन गर्छ कि गर्दैन भन्ने चासो बढेको छ । अझ कति सम्म भने आजै नै प्रतिबन्ध फुकुवा गर्ने र वार्ता टोली घोषणा गर्ने सम्मको समाचार आइरहेका छन ।

सरकारका एक मन्त्रीले विप्लव नेकपालाइ वार्तामा ल्याउन अनौपचारिक प्रयास भइरहेको सुचना सार्वजनिक गरेकाछन । तर, चर्चा गरिएजस्तो आज भरे नै वार्ता भएर नेकपा शान्तिपुर्ण राजनीतिमा आइहाल्नेमा उनले सरकार ढुक्क भएको देखिदैन । यद्यपि हिजो मात्रै उपत्यकामा नै नेकपाका केन्द्रिय सदस्य सहित अनौपचारिक वार्ता समेत भएको छ ।

सरकारका एक मन्त्रीले विप्लवको दुई वाक्यको विज्ञप्ति जारी गरेकै भरमा सरकारले तत्कालै प्र’तिबन्ध हटाउने र वार्ता समिति गठन गर्ने सम्भावना कम देख्छन् । यो बाट प्रष्ट हुन्छ कि सरकार विप्लवको बिज्ञप्तीको अर्थको खोज्न मै ब्यस्त रहेको छ । अझ भन्दा विप्लवको पछिल्लो बिज्ञप्तीले धेरैको दिमाग गुमाइरहेको छ । सरकारले विप्लवको बिज्ञप्तीको अध्ययन र अर्थ खोज्नमा केही समय खर्चिने संकेत देखिएको छ ।

महासचिव विप्लवको विज्ञप्तिको अर्थ

नेताहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली पनि विप्लव नेतृत्व नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन तयार छन् । उनीसँग परामर्श गरेर नै विप्लव नेकपालाई वार्तामा ल्याउन आफूहरुले विभिन्न च्यानलबाट सम्वाद अगाडि बढाएको बिगत लामो समय देखी नै चल्दै आएको छ ।

प्रधानमन्त्रीले नै विप्लव नेतृत्व नेकपाको शीर्ष स्तरबाट वार्ताप्रति धारणा खोजेपछि शनिबारको विज्ञप्ति आएको हो । ‘हामी त वार्ताका लागि तयार नै छौं, विप्लवको के हो ? भन्ने भएपछि विप्लवको विज्ञप्ति आएको हो,’ सरकारी स्रोत भन्छ, ‘यसले सम्वादको वातावरण बनाउन थप सहज हुदैछ ।’

फागुन ८ गते शनिबार महासचिव विप्लवद्वारा जारी छोटो विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रा’न्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

विप्लव नेकपाको स्रोत अनुसार सरकारले संवादका क्रममा सरकारी पक्षले महासचिवकै आधिकारिक भनाइ खोजेकाले विप्लवको वक्तव्य आएको बताएकाछन ।

चर्चा जस्तै सहजै होला त सहमति

सरकार र विप्लव नेकपा दुबैले वार्ताका लागि सकारात्मक वातावरण बनेको बताएका छन् । तर आजको केही भनाइहरु तुरुन्तै नै वार्ता गरेर सहमति भइहाल्ने विस्वासीलो अवस्था पनि बनिनसकेको छैन ।

विप्लव नेकपाको स्रोत अनुसार, ‘सम्वादका लागि प्रतिबन्ध फुकुवा र थुनामा रहेका नेता–कार्यकर्ताहरुको रिहाइ आफ्नो पार्टीको शर्त भएको बताएकाछन ।’ साथै सरकारले औपचारिक पत्र पठाएपछि छलफलमा बस्ने आधार तयार हुने र एजेण्डाबारे थप कुराकानी हुने बताएको छ ।

स्रोतका अनुसार वार्ताको टेबलमा बस्दा संसदीय व्यवस्थाबारे जनमत संग्रह, वैज्ञानिक पुँजीवाद लगायतको विषयमा छलफल हुनुपर्ने नेकपाको अडान छ । सरकारले वार्ता भन्ने, एजेण्डामा खास रुची नदेखाए जस्तो गरेको देखिन्छ ।

केपी ओली सरकारले विप्लव नेतृत्वको नेकपा वि’ध्वंसात्मक एवं हिं’सात्मक गतिविधिमा लागेको भन्दै २८ फागुन २०७५ मा गतिविधिमाथि प्र’तिबन्ध लगाउने घोषणा गरेको थियो । प्रतिबन्ध लागेयता नेकपाका एक हजार ९६८ जना नेता, कार्यकर्तालाई प्रहरीले प’क्राउ गरी विभिन्न मु’द्दा चलाएकोछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार