logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दाहाल नेपाल समुहले छान्यो ६८ जिल्लाको नेतृत्व, कुन जिल्लामा को ? (सूचीसहित)


  • राजनीति
  • सोमबार, फाल्गुन १० २०७७

औपचारिक रुपमा फुट्न बाकी रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएको हो।

प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको नेकपाको संस्थापन समूहले पार्टी एकताका बाँकी काम टुंगो लगाउन नयाँ मापदण्ड बनाएको थियो। नयाँ मापदण्डअनुसार प्रचण्ड-नेपाल (संस्थापन समूह)ले जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो। नेकपाले बराबरी हैसियतमा संगठनात्मक एकताको काम टुंगो लगाउने गरी मापदण्ड निर्धारण गरेको थियो।

भागवण्डा अनुसार ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ। इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव हुने गरी पदाधिकारी हुने भएका छन्। बाँकी ९ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड-नेपाल पक्षले जनाएको छ। ६८ जिल्ला अध्यक्ष र सचिव चयन गरेपनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ।

गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ।

टुंगिएका स्थानको नामावलीः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार