राजनीति
सरकारले प्रतिबन्धित नेकपा विप्लवसँग वार्ता प्रक्रिया अघि बढाउन खोजेलगत्तै वातावरण सहज बनाउने भन्दै प्रहरी हि’रासतमा रहेका नेता तथा कार्यकर्तामध्ये केहीलाई छाेड्ने भनिएपनि नेकपा सचिवालाय सदस्य धर्मेन्द्र बास्ताेलालाइ पुन पक्राउ गरेकाे छ ।
यसैबीच,सर्वोच्च अदालतमा विप्लव नेता बाँस्तोलाको तर्फबाट अनिमा बाँस्तोला भण्डारीले हालेको ब’न्दीप्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाई आज सरेको थियाे ।
न्यायाधीशद्वय इश्वर खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले हिजो हेर्न नभ्याएपछि आज्को निम्ति पेशी तोकेको थियो । आज सर्वोच्च अदालतका न्यायाधीश मिरा कार्की र सुम्सलता अमात्यको आदेशमा रिहा गर्न भनिएको भएता पनि प्रहरीले लछारपछार गर्दै पुन गिरफ्तार गरेको नेकपास्रोत लेजनाएको छ ।
उनलाई एक महिनाअगाडि ललितपुरको दक्षिणी पहाडी भूभागबाट समाती जावलाखेलमा थुनिएको थियो । वार्ताको लागि वातावरण सहज बनाउने भएपछि आज अरु जिल्ला नडुलाउँदा बाँस्तोला छुट्ने भनिएको भएता पनि बास्तोलाको गिरफ्तारी हुन निन्दनीय भएको कानुन ब्यवसायीहरुको मत रहेको छ ।
यता,प्रतिनिधिसभा विघटनविरु’द्ध मु’द्दाको फैसला हुने दिन नजिकिँदै जाँदा न्यायाधीशहरुलाई निवासबाट ल्याउँदा र लैजाँदा सुरक्षाकर्मीले एस्कर्टिङ्ग दिन थालेका छन् ।