राजनीति
मुलुक र जनता प्रती इमानदार र जिम्मेवार बन्दै वार्ताकोलागी उच्च राजनीतिक सस्कार देखाएको बिद्रोही दल नेकपाका प्रती सरकारले उही रबैया प्रस्तुत गरेको छ ।
नेकपा चर्चित नेता धर्मेन्द्र बास्तोलालाइ सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ । तर अदालतको आदेशलाइ लत्याउदै प्रहरीले बिना पक्राउ पुर्जी पुन गिरफ्तार गरेको छ । बास्तोलाको चौथो पटकको गिरफ्तारी सरकार विप्लव नेतृत्वको नेकपा सग वास्तविक वार्ता चाहन्छ की बहानामा अरु भन्ने गम्भीर खालको प्रश्न उब्जेको कानुन ब्यवसायी तथा राजनीतिक बिश्लेषक सन्तोष कोइरालाको धारणा रहेको छ ।
कानुनी राज्यमा सर्बोच्च अदालतकै बा’ध्यकारी आदेशलाइ समेत लत्याउउदै पटकपटक गि’रफ्तार गर्नुले कानुनी राज्यको अनुभुती हुन नसकेको उनको भनाइ छ ।
आज सर्वोच्च अदालत उपस्थिति गराइएका बास्तोलालाइ बिनासर्त हिराइ गर्न अदालतले बाध्यकारी आदेश गरेको थियो ।
बास्तोला छोरीले अनिमा बास्तोला भन्डारीले दर्ता गराउनुभएको बन्दि प्रत्यक्षिकरणको रिट दर्ता गरेकी थिइन । उनको रिट उपर अदालतमा उपस्थित गराउन आदेश जारी गरेको भएता पनि पेसी सर्दै आज आदेश जारी भएको हो ।
न्यायाधीश मिरा खड्का र सुस्मलता माथेमा इजलासले उनलाइ ब’न्दी बनाउनको आधार र कारण नभएको भन्दै रिहा गर्ने आदेश दिएको हो ।


गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले प’क्राउ गरेको थियो ।
बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको ब’म बि’स्फोटका घट’नामा संलग्न रहेको आ’रोप लागेको थियो । बास्तोलाको पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अधिवक्ताहरु कपिल चन्द्र पोखरेल , सन्तोष कोइराला, खिमानन्द अधिकारी र कान्तिराम ढुंगानाले बहस गरेका थिए ।