logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कंचनको गिरफ्तारी : अब वार्ता कि प्रतिरोध ?


  • क्रिश अर्याल
  • मंगलबार, फाल्गुन ११ २०७७

सर्वोच्चको आदेश अनुसार नेत्रविक्रम चन्द विप्लव समूहका नेता वास्तोलालाई रिहा गर्न प्रहरी लाइ आदेश दिएको छ। तर पनि उनलाई अदालत बाहिर निस्कनु लगतै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो। हाम्रो सरकर का नाइके केपी ओली र बादल को यो झुटो वार्ताको नाटक ले बिद्रोही पार्टीका नेता तथा कार्यकर्ता हरु लाई चरम यातना दिदै आइरहेको छ। फरक विचार र आस्था राखेका कारण गर्ने प्रहरी प्रशासन को दमन र कानुन माथि “हिटलर “सैली देखाएको प्रति घोर बिरोध र यस्ता काला धमिराहरु हटाउन सम्पूर्ण कामरेडहरु तयार हुन जरुरी छ।

ओली र बादल जस्ता लाल गद्दार हरु लाइ कम्युनिष्ट नभई “कमाउनिष्ट ” को उपाधि ले सम्मान गर्नु पर्छ। जनताको रगत ,पसिना बगाएर लिएको कर ले आफ्नो स्वार्थ पुरा गर्ने नेता हरुलाई देश निकाला गर्न जरुरी छ। जनता माझ रगत को होली खेली , सत्ता मा बसी , झुपडी मा बस्ने सुकुम बासीको टहरा भत्काउने अपराधी हरु लाई सबै जनता मिली कारबाही गर्नै पर्छ।

सडक मा खान नपाएका ति भोका पेट हरुलाई कहिले मिठा खानाले उनका पेट भर्छौ ? गरिब तथा बेरोजकर जनता लाइ प्रधानमन्त्री रोजगारी कार्यक्रम ले कहिले उनीहरु लाइ रोजगार प्रधान गर्छौ ? बैदेसिक रोजगार मा गएका नेपाली हरुलाई कहिले सम्म बाकसमा स्वदेश फर्किनु पर्छ ? कहिले सम्म भ्रस्टचारी , घुस बिना बाच्न नसकने गोकुल बास्कोटा जस्ता नेता हरु को रक्षक बन्छौ ? देश मा तेजाब आक्रमण हुदा चेली हरुलाई त्यस बाट बचाउन कहिले कडा कानुन को निर्माण गर्छौ ? राति काम बाट घर फर्किने बेला उनीहरु घर सुरक्षित रुपमा फर्किने बारे कहिले ग्यारेन्टी दिन्छौ ? यसको बारे हामी जनता लाइ उत्तर तिमि ले दिनै पर्छ ! यदि दिदैनौ भने फेरी देशमा जनयुद्ध हुने छ !

जनयुद्धमा नेपाली जनताले अगाडि सारेका प्रस्ताव आज आफ्ना अधिकारका पक्षमा बगाएको रगतको मुल्य चाहियो । सहमति गर्न नेपाल कम्युनिष्ट पार्टी आज पनि तयार छ । नेपालमा संसदीय व्यवस्था होइन, नौलो जनवाद चाहिन्छ । होइन भने अर्को नयाँ व्यवस्थाको परिकल्पना गरेर हामीले माओवादीसहित नेपालमा विकासको मोडेलको जुन परिकल्पना गरेका थियौं, त्यो लागू हुन्छ भने हामी सहमति गर्न तयार छौँ । गाउँगाउँमा सहिद परिवार, बेपत्ता परिवार, जनयुद्धमा योगदान गरेका समग्र योद्धाको परिवार सबै एक भएर यो सत्ताका विरुद्ध अघि बढ्ने पर्छ । संसदीय राजनीति फोहोरि खेल हो जुनकुरा पुस्टि हुदै ग़ैरहेको छ अब देशको ज़िम्मा लिन क्रान्तिकारीहरू एक ठाऊमा आऊनुको विकल्प छैन !

सेना , प्रहरी परिचालन गर्दै , धर्मेन्द्र बास्तोला , माहिला लामा लगायत नेता लाइ झुट्टा मुद्दा मा जेल मा राख्दै मा राता मान्छेहरु को क्रान्ति को यात्रा रोकिदैन। दिन प्रति दिन आफूहरु ले झन झन आतंक मच्चाएर जनता लाई दिनु सम्म को दुख पीडा दिँदै छ्न तर उल्टै हाम्रो संगठन का कामरेड लाई गिरफ्तारी गरिरहेको छ। जसरि धनि र गरिब लाई एकै समान हुने , साम्यबाद राष्ट्र बन्ने , दलित लगायत जनजाती हरु लाई भेदभाव नहुने भनेका थियौ ? के सत्ता र कुर्सि प्राप्त भएपछि त्यो बिर्सेकै हौ त ? कैयौ मान्छे को बलिदान खेर गएकै हो र ? यदि नेपाल कम्युनिष्ट पार्टी का नेता तथा कार्यकर्ता को ह’त्या र जेल मा राख्ने काम बन्द गर्न जरुरी छ।

अब ढिलो होइन आट गर्नु होस् महासचिव कामरेड अन्तिम लडाइँको लागि यो दलाल राज्य सत्ताका मालिक हरुले सामान्य तरिकाले मान्ने वाला छैन बार्ता होइन सशस्त्र हतियार सहितको युद्धको घोषणा गरि आम नेपाली जनताको साथ संघर्स को यात्रा सुरु गरौ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार