राजनीति
मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको ह’त्याको आ’रोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका जिल्ला इञ्चार्ज डिबी सिलवाल (धनबहादुर विक) पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि का’रागार चलान भएका हुन् ।
शिक्षक मारिएको प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव नेकपाका महासचिव विप्लव पनि छन् । शिक्षक श्रेष्ठको मारेको आरो’पमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको थियो ।
प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट पक्राउ गरेको थियो । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद भएको थियो ।
सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हा’तहतियार खरखजाना, अ’पहरण र क’र्तव्य ज्यान मुद्दा चलाएको थियो । हातहतियार खरखजाना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । दोस्रो मुद्दामा पनि थुनामै राख्ने आदेश भएको हो ।
शिक्षक मा’रिएको प्रकरणमा घट’नामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । तीमध्ये ३५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।
विप्लव नेकपाले सुराकीको आरो’प लगाउँदै घरबाटै नियन्त्रणमा लिएर शिक्षक श्रेष्ठको गत मंसिर २३ गते मा’रेको आरोप सुरक्षा निकायको छ । घ’टना भएकै दिन विप्लव नेकपाका मेची–कोसी ब्यूरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर घ’टनाको जिम्मा लिएका थिए ।