राजनीति
सबैकाे चासाे थियाे आज १० बजेपछि बस्ने मन्त्रिपरिषद बैठकमा सम्भवत आजकाे बैठकले नेपाल काे राजनीतिमा बैकल्पिक धारकाे नेतृत्व गरिरहेकाे नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका संग वार्ताकाे लागि औपचारिक आह्वान गर्ला भन्ने । गत शनिबार नेकपाका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै जनता राष्ट्र काे हितकाे पक्षमा आफुहरु सरकारसँग वार्ता गर्न चाहेकाे भन्दै विज्ञप्ति जारी गरे ।
त्यसअघि दुई चरण प्रधानमन्त्री ओली र महासचिव विप्लव बिच भुमिगत रुपमा चिठ्ठि आदानप्रदान भएको थियाे । लामाे प्रयासपछि विप्लव नेकपा सरकारसंग वार्ता गर्न तयार भएको थियाे ।
नेकपाले वार्ताकाे लागि सरकार इमानदारीपूर्वक प्रस्तुत हुनुपर्ने भन्दै आफ्नो पार्टी माथी लगाइएकाे प्रतिबन्ध फिर्ता लिनुपर्ने, नेता कार्यकर्ताहरुकाे रिहाइ हुनुपर्ने र झुट्टा मुद्दा खारेज हुनुपर्ने कुरा पत्रमार्फत प्रधानमन्त्री ओलीलाइ राखेकाे थियाे । जवाफमा ओलीले ती माग पूरा गर्न सकिने बताएपछि शनिबार महासचिव विप्लवकाे विज्ञप्ति आएकाे थियाे ।
महासचिव विप्लवकाे विज्ञप्ति संगै सबैकाे अपेक्षा थियाे प्रतिबन्ध हट्छ, नेताहरु रिहा हुन्छन र झुट्टा मुद्दा सरकारले खारेज गर्छ तर स्थिति आकलन गरे झै भएन अर्थात सरकार जिम्मेवारपुर्वक प्रस्तुत हुन सकेन् । सर्वाेच्च अदालतले बाध्यकारी आदेश दिएर छुटेका नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्ताेला अपमानजनक ढंगले सर्वाेच्च हाताभित्र बाट पुन गिरफ्तार गरियाे । उक्त गिरफ्तारी काे चाैतर्फि बिराेध भयाे र वार्ताकाे लागि बाताबरण बनाउने भन्दा विप्लवलाइ जिस्काउने खालकाे व्यबहार सरकारले देखायाे ।
यसैबिच आज बिहान राष्ट्रिय सुरक्षा परिषद काे बैठक डाकियाे र लगत्तै मन्त्रिपरिषदकाे बैठक फेरि आकालन भयाेे कि प्रतिबन्ध हटाउन सरकारले उक्त बैठकहरुकाे आयाेजना गरेकाे छ तर त्यसाे हुनसकेन् । सामान्य छलफल बाहेक ठाेस निर्णय नभएको भन्ने मात्रै बुझियाे।
मन्त्रिपरिषदको आजको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठनबारे छलफल भएको छ । सरकारबाट कम्तिमा तीन सदस्यीय वार्ता टोली गठनको तयारी भएको छ ।
विश्वस्त स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल या परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमध्ये एकको नेतृत्वमा वार्ता टोली गठन हुनेछ । टोलीमा खानेपानीमन्त्री मणि थापा समेत रहनेछन् ।
यसैगरी, विप्लव नेकपाले पोलिटब्युरो सदस्य चिरन पुन, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बाँस्तोलासहितको टोली गठन गर्ने बुझिएको छ ।
आजको क्याबिनेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बिफिङ गरेका थिए । उनले ढुक्क भएर चुनावको तयारीमा लाग्न भने ।
बैठकमा विप्लवसँग वार्ताको तयारीबारे पनि प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए । मन्त्रिपरिषद बैठकले गरेका ठाेस निर्णय बारे भने बिस्तृत जानकारी गरिएकाे छैन ।