राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै परिवार, आफन्त र निकटस्थ डाकेर जन्मदिन मनाइरहेका थिए । उनले जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले साँझ फैसला सुनायो । फैसला उनको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध गयो ।
चुनावको घोषणा गरेका ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला नगर्न अदालतलाई चेतावनी समेत दिएका थिए । यद्यपि, उनले त्यसो नभनेको प्रतिक्रिया दिए ।
तर, फैसला ओलीको विपक्षमा गयो । त्यो पनि ११ फागुनमा । ओली ७० औं जन्मदिन मनाइरहँदा ।

जन्मदिनमै फैसला आफ्नो विपक्षमा आएपछि ओलीका सामु अब तीन विकल्प मात्र बाँकी छन् । पहिलो राजीनामा दिएर मार्ग प्रशस्त गर्ने, संसदबाट अविश्वासको प्रस्तावको सामना गर्ने या संकटकाल घोषणा गर्ने । तर, तीनवटै विकल्प उनका लागि सजिलो भने छैन ।
उता चितवनमा प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्चको निर्णयसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड माधव पक्ष) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाउँदै खुसियाली मनाएका छन् ।