logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

‘घर न घाटका बामदेव’ अब के गर्लान ?


  • राजनीति
  • आइतबार, फाल्गुन १६ २०७७

नेपाल कम्युनिस्ट पार्टी पुनः एक बनाउन बामदेव गौतमसहित दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । गौतमले एकीकरणको सूत्रसहित सक्रियता बढाएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेर एकताबारे कुराकानी गरेका छन् । तर, दुवै पक्ष एकताका लागि लचकता देखाउने पक्षमा छैन ।

ओलीले बामदेवले एकताका लागि मार्ग खोल्न गरेको शर्तसहितको प्रस्तावलाई ओलीले अस्वीकार गरेका छन् । गौतमले ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, उनले संसदको सामना गर्ने जवाफ दिए ।

यसैगरी, नेकपा अध्यक्ष प्रचण्डले ओलीसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । उनले ओलीसँग एकता हुननसक्ने बताएका छन् । ओली प्रवृत्तिको अन्त नगरी एकता नहुने उनको भनाई थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड -नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पनि ओली नसुध्रने तर्क गरेका छन् । उनले पनि एकता नहुने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार