logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

लालभुमीमा एकीकृत जनक्रान्तीको टुकडी यात्रा


  • समर कुमार धामी 'झुसे'
  • आइतबार, फाल्गुन १६ २०७७

महान दशबर्ष जनयु’द्ध को उदगम थलो राप्ती ब्युरोमा नेपाल कम्युनिस्ट पार्टी (विप्लप) को ठुलो प्रभाव रहेको छ । सल्यान , पश्चिम् रुकुम र रोल्पा जिल्लामा सांस्कृतिक अभियानबाट राप्तीलाई पुरानो झझल्को मात्र होइन । बैचारिक ,राजनैतिक,संगठन, क्षेत्र ठुलो उपलब्धि अभियान गरेको छ ।

अभियान २०७७/६/४ गते देखि २०७७/८/२० गते सम्म करिब २ महिना १६ दिन चलेको अभियान आधार क्षेत्र बिस्तार आधार क्षेत्रमा सामना जनसांस्कृतिक अभियान चलेको छ । अभियानबाट पार्टी लाई थप नयाँ उर्जा मिलेको छ । सांस्कृतिक तथा जनसभा कार्यक्रम १७ वटा भएको थियो । करिब दश हजार आमजनता प्रत्यक्ष सहभागी भएका थिए । कोरोना कहरबाट थिलोथिलो भएको बेला जनतालाई सांस्कृतिक कार्यक्रम मार्फत जनचेतना दिएको थियो । जनमानसमा क्रा’न्ति अनिवार्य बनेको छ । हाम्रो पार्टी जनताको बिचबाटै लोकप्रीय बटुल्दै गरेको छ । युवाहरुको आकर्षक केन्द्र बनेको छ । द’मन, या’तना, जेल, नेल, घेराबन्दी दुश्मन विभिन्न सर्च अभियानले पनि अभियान लाई केहि प्रभाव परेन ।

जनप्रतिनिधि हरु र जनताको अन्तरबि’रोधले पनि क्रा’न्ति प्रतीको आबस्यकता छ भने बस्तुगत आंकलनगर्न सकिन्छ । हाम्रो अभियान जनताको जनश्रमदान गरेको थियो । जसबाट जनसम्बन्ध , जनसम्पर्क पनि गरेको छ । सल्यान जिल्ला को छेत्रेस्वर गाउँपालिका कार्यक्रम पहिलो अन्तिम कार्यक्रम रोल्पाको आधार भुमि थबाङ्ग गाउँपालिका वडा ४ भएको थियो । अभियानले प्रतिबन्ध लाई चिरेर जनता माझ क्रा’न्तिको संदेश दिएको छ । कथित जनप्रतिनिधि हरु सातो गएको छ । कहिले कयौं घन्टा हिन्दै कार्यक्रम गर्‍यौं । राप्ती ब्युरो लाई नयाँ उचाई मात्र होइन देशभर क्रा’न्तिकारीहरु प्ररेण स्रोत बनेको छ ।

सल्यान जिल्ला भौगोलिक हिसाब जटिल रहेको सल्यान मेरोलागि नयाँ जिल्ला हो । कोरोनाको कहरबाट थिलोथिलो भएको बेला अभियान लिनु चुनौ’ती पुर्ण थियो । केन्द्रिय पार्टीको निति अनुरुप हामी सल्यान प्रवेश गर्‍यौं । हामीहरुलाई जिल्ला समितिका क’मरेड हरुले स्वागतसंगै रिसिभ गर्नु भो । हामी हरुलाई हाम्रो बिधागत प्रशिक्षक गरेको थियौ । जनताकै बिचमा बसेर हामी राजनैतिक छलफल भेटघाट पनि भएको थियोे । छेत्रस्वारी गाउँ पालिका वडा ४ मा जनश्रमदान मा सहभागी भयौं । २० दिनको बसाई हाम्रो लागि महत्त्वपूर्ण रहेको थियोे ।

हामीहरुले हाम्रो पार्टी आधार ईलाका एक प्र’तिरोध सहित को जनवादी कार्यक्रम गरेका थियौं । त्यसपछि पश्चिम् रुकुमको चौरजारी नगर पालिका देखी आठबीसकोट नगरपालिका अभियान चलाउदा रुकुम लाई नयाँ उचाई पुगाउन मद्दत मिलेको छ । अभियान को सकारात्मक पक्ष यो थियोे कि युवाहरू को आकर्षक केन्द्र मा पार्टी रहेको थियोे । कमरेड चन्द्र बुढा जो पार्टी को इन्चार्ज हुनुहुन्थ्यो ।

जिल्ला सबै कमरेड अभियानमा जोडिएकाले अभियानलाई थप नयाँ उचाई मा पुगाउनु निम्ति ठुलो सफलता मिलेको छ । हामी त्यसपछि रोल्पा जिल्ला प्रवेश भयौं । करिब ७ बाट कार्यक्रम ले रोल्पा जिल्ला लाई ठुलै उपलब्धि दिएको थियोे । कमरेड मानव जो रोल्पा जिल्लाका डिसिएस थिए । हजारौं जनताको बीच सामना परिवार प्रस्तुति दिदा जनता एक किसिमको उत्साह छाएको छ । त्यसपछि हामी रोल्पा जिल्ला कै थवाङ्ग प्रवेश भयौं। जनयु’द्धको उदम थलो रोल्पा जिल्ला उत्तरी भेगको अति दुर्गम गाउँ थबाङ । जलजलाको काखमै अवस्थित । मगर बस्तीको बहुल्यता महान दस बर्ष जनयु’द्धको आधार ईलाका अहिले पनि नेकपा ( विप्लप ) को निकै पकड क्षेत्र छ । पार्टी को आठौं महाधिवेसन को बन्द सत्र सम्पन्न भएको क्षेत्र । अझै पनि हाम्रो पार्टी सबैभन्दा पकट क्षेत्र मानिएको छ हामी ले सबैभन्दा ठुलो कार्यक्रम गरेका थियौं यसले थबाङ्ग लाई नयाँ उर्जा मिलेको थियो । पार्टीको उत्पादन जोड्यो हामिले राप्ती ब्युरो पर्ने सल्यान , रुकुम र रोल्पा जिल्लाका विभिन्न आधारभुमीमा पुगि खरकाट्ने,मकै भाच्ने , हलो जोत्ने,टिमुर टिप्नेने , दाउरा बोक्ने आदि कार्यमा सहभागी हुदै पार्टी आम निति कार्यक्रम तथा राजनैतिक तथा बैचारिक मध्यम लाई जनता लाई क्रा’न्तिमा घोलबोन्द गरेको छ । साथै अभियान टिमले ओखर उत्पादन लागि दुई हप्ते उत्पादन संघर्षमा सहभागी भएको छ
मिति २०७७/८ /२३ गते बाट सुरु भई २०७७/ ९/९ गते सम्म चलेको उत्पादन १२०० रोपनी मा ओखर उत्पादन लागि उत्पादन अभियान सुरु गरेको छ । २० टोलि सहभागीतामा २५० ओखर लागि खाल्डो खनेका थिए ।

यसरी राप्ती लाई हामी ले नियाल्दा बैचारिक राजनीति संगठन क्षेत्र मा ठुलो उपलब्धि मिलेको छ। जनता क्रा’न्ति को भबिस्य प्रती उभार आउछ । यो अभियानबाट राप्ती ब्युरो लाई लाई नयाँ उचाईमा पुगेका छ ।
अभियान निरन्तर छ अभिवादन !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार