राजनीति
नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज नेपाल आइपुगेको छ। ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
जहाज ‘रिसिभ’ गर्न वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार विमानस्थल पुगेका थिए। आज काठमाडौंमा ल्यान्ड गरेको यो जहाजको नाम ‘अन्नपूर्ण’ राखिएको छ।
नेवानिको वाइडबडी आउने निश्चित‘वाइडबडी उडाएर देखाउँछु’वाइडबडी खरिद सम्झौतावाइडबडी खरिदका लागि लिने ऋणमा सरकार जमानत बस्नेवाइडबडी किन्न २४ अर्ब जुट्योवाइडबडीको पहिलो उडान दुबईबिहीबार आइपुग्दै निगमको २८० सिटे वाइड बडी जहाजनिगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज आइपुगेको हो। २०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो।
निगमले योवाइडबडीको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने घोषणा यसअघि नै गरिसकेको छ। एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ।
यो वाइड बडी नेपालको आफ्नै सबैभन्दा ठूलो जहाज हो। २८० सिट क्षमताको यो वाइडबडी जहाजमा सिट फिटिङ गर्दा भने १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लास सिट राखिएको निगमले जनाएको छ। पहिलोवाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ।
विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो।
यो जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि विमान काठमाडौं अवतरण गरेको हो।
नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। त्यसका लागि निगमले साढे १२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयक कोष र अर्को साढे १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको छ। वायु सेवा निगमको यो वाइड बडी आएपछि चारवटा चारवटा ठुला जहाज हुनेछन्। निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा जहाज रहेको छ।
दुइटै वाइड बडी आइसकेपछि निगमले बोइङलाई बेच्ने तयारी गरेको छ। निगमले अर्को बोइङ यसअघि नै बेचिसकेको छ। निगमले अरु दुईवटा एयरबस खरिदका नेपाल वायु सेवा निगम सञ्चालक समितिबाट निर्णय गराइसकेको छ। निगमले आन्तरिक उडानका लागि ६ वटा ट्विनअट्टर जहाज खरिद प्रक्रिया सुरु गरिसकेको छ।
निगमको विज्ञप्ति