logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एक्लिए बादल : सल्लाहकार र स्वकीय नै प्रचण्डको क्याम्पमा


  • राजनीति
  • सोमबार, फाल्गुन १७ २०७७

प्रचण्डकै प्रस्तावमा प्रचण्डकै कोटामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्डलाइ छोडेर ओली तिर लागेपछी उनी एक्लिदै गएका छन् । उनका अर्का स्वीकय सचिवले उनलाई छाडेका छन् । सुरुदेखि नै उनको स्वकीय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका छन् ।

यसअघि उनका राजनीतिक सल्लाहकार सुर्य सुबेदी पथिक प्रचण्ड माधव नेपाल समुहमा लागिसकेका छन् । नेकपाको विवादमा बादल केपी ओली पक्षमा लागेका थिए । तर, उनका सबै सांसद भने प्रचण्ड पक्षमा लागेका छन् ।

‘आफ्नै पिएले समेत छाड्ने अवस्था भनेपछि उनको के अवस्था रहेछ, सजिलै बुझ्न सकिन्छ,’ पूर्व माओवादीका एक नेताले भने । गृहमन्त्री पदकै लोभमा उनले आफ्नो राजनीतिक करिअर धरापमा पारेको टिप्पणी उनी निकट नेताहरुको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार