logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

रत्नराज्य क्याम्पसमा दुई समुहको झडप : ठुलो संख्यामा प्रहरी परिचालन


  • राजनीति
  • मंगलबार, फाल्गुन १८ २०७७

काठमाडौको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेकपाका दुई विद्यार्थी समूह पक्षबीच झड’प हुनसक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। दुई पक्षका विद्यार्थी समूहबीच मंगलबार वि’वाद भएको छ।

नेकपाको ओली समूह र प्रचण्ड- माधव नेपाल समूहका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झ’डप हुने सम्भावना रहेको भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

‘दुई समूहका विद्यार्थीहरू बिच झ’डप भएको सूचना आएको छ। हाम्रो टोली पुगिसकेको छ। थप जानकारी आउँदै छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने। यसअघि फागुन ३ गते पनि दुई समूहका विद्यार्थी बिच झ’डप भएको थियो। झ’डपमा केही विद्यार्थी घा’इते भएका थिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा भित्र दुई समूह देखिएका छन्। पार्टी निकटका विद्यार्थीहरू पनि विभाजित भएका छन्। प्रचण्ड-माधव समूह सर्वोच्चबाट संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने रणनीतिमा छन्।

सर्वोच्च अदालतमा परेको विघटन रिटमा अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको थियो। फागुन २३ गतेलाई संसद् आह्वान गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार