logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रकाण्ड सहितको टोली काठमाडौ छिर्यो कडा सुरक्षा सहित आजै वार्ता


  • राजनीति
  • मंगलबार, फाल्गुन १८ २०७७

सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आजै बेलुकादेखि वार्ता हुने भएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली गठन गरिसकेको छ भने विप्लव नेकपाले पनि वार्ता टोलीको नाम सरकारलाई टिपाएर कडा सुरक्षावीच काठमाण्डौ भित्रिएको छ ।

विप्लव नेकपाका तर्फबाट सो पार्टीमा दोश्रो वरियताका नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दिपक चलाउनेसहितको टोली वार्ताको निम्ति आइसकेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार