logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सकियाे पहिलो चरणकाे वार्ता, के के भयाे ?


  • राजनीति
  • बुधबार, फाल्गुन १९ २०७७

सरकार र विप्लव नेकपाबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो ।

वार्ता स्थान गोप्य राखिएको छ । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’

सरकार र नेकपा विप्लव नेकपा बीचको पहिलो चरणको वार्ता सकिएको हाे । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो ।

दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् ।
यसबारे विस्तृत विवरण आइसकेको छैन ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । सोपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।

स्रोतका अनुसार प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गरेका थिए भने गृहमन्त्री थापा ९ बजेतिर बालुवाटार पुगेपछि साढे ९ बजे तिरबाट वार्ता सरु भएको थियो ।
सरकारले २०७५ फागुन २८ मा विप्लव नेकपालाई प्रतिबन्ध लगाएका थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार