राजनीति
जेल सुधारकाे माग राखेका विप्लव नेतृत्वको नेकपाका नेता भरत बमलाई काठमाडौं ल्याइएको छ ।
उनलाई आज बिहान काठमाडौं ल्याइएको हो । पुर्पक्षका लागि बर्दिया कारागारमा रहेको बमलाई काठमाडौं ल्याएर सेन्ट्रल जेलमा राखिएको छ । बर्दिया कारागारमा सेवा सुविधा लगायत माग उठाएका बमलाई काठमाडौं सरुवा गरिएको हो ।
जेलभित्र भएको असमानता अन्याय र बउभेद बिरुद्ध बाेलेका नेता बमलाइ बिभिन्न बेलाबेलामा जेल सरुवा गर्ने धम्की दिएका बर्दियाका सिडियाे तथा जेलरले अन्ततः त्यहि बिषय उठाउदा जेल सरुवा गरेका छन् ।
जेलभित्र पनि अपराध हुन्छ अपराधीहरुकाेे अखडा जेल हुन्छ भन्दा प्रायःजसो ले पत्याउदैनन् तर हुन्छ त्यहि । जेलभित्रै हुने अबैध कराेवाराे देखि लुटसम्म काे कथा कति भयानक हुन्छ त्याे बाहिर बस्नेले सजिलै पत्याउदैनन् । नेता बमले अबैध धन्दा बन्द गर्न माग गर्दा बाके कारागार भित्र तस्करकाे आक्रमण मा परे। ड्रक्सकाे व्यापार देखेपछि उनि बाेलेका थिए, त्यसपछि उनलाई बर्दिया कारागार जेल सरुवा गरियाेे ।
बर्दिया कारागार भित्र पनि उनले जेल सुधारकाे मुद्दा उठनउन छाेडेनन् फाेन सुविधा सस्ताे हुनुपर्ने (टेलिकमकै ताेकेककाे शुल्कमा), आधारभुत औषधि नि:शुल्क हुनुपर्ने, बन्दीमाथीकाे बिभेद हटाउनुपर्ने,राजनीतिक बन्दीमाथीकाे बुझाइ र व्यवहार साेहि अनुसार हुनुपर्ने, जेललाइ सुधारगृहबाट शिक्षणगृहमा परिणत गर्नुपर्ने जस्ता मागहरु राखेर आन्दोलन गरेका थिए। उनले माग पूरा नभए जेलमै अनसन बस्ने भनेपछि बर्दिया स्थित सिडियाे कारागार पुगेका थिए भने प्रदेशसभा सांसद तथा नेकपा नेता तिलक शर्मा ले उनलाई भेटेका थिए। र मागहरु सम्बाेधन गर्ने बताएका थिए ।
तर केहिदिन पछि सहमति उल्याउदै आधारभुत औषधि किनबेच भएपछि नेता बमले बुधवार साझ अनसन बस्ने चेतावनी दिएका थिए। त्यसपछि उनलाई बिहिवार बिहान सेन्टल जेल सरुवन गरिएकाे छ ।
बमले जेलमा भेटका क्रममा नेकपा निकट पत्रकारहरूसँग आफूले जेल सुधारको माग राखेपछि सरुवा गरिएको बताएका छन् । यद्यपी आफूले माग गरेका विषय भने कारागारमा पुरा भइसकेको जानकारी गराए ।
विप्लव नेकपामाथि प्रतिबन्ध लागेपछि बम पक्राउ परेका थिए । उनी पोलिटब्यूरो सदस्य थिए । जेलभित्रको अनियमिताको कुरा बाहिर आउने भएपछि आफूलाई सरुवा गरिएकाेे बताएका छन् ।