logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुद्दा खारेज र बन्दी रिहा गर्न गृहले पठायाे सर्कुलर


  • राजनीति
  • बिहिबार, फाल्गुन २० २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकवाका नेता–कार्यकर्तालाई बिहिबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ । गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

‘प्रमुख जिल्ला अधिकारीले हेरेका मुद्दाका बन्दीलाई छाड्न सर्कुलर गरिएको छ’ गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले भने ‘भोलिसम्म छाड्न भनिएको छ, उहाँहरुले आफ्नो प्रक्रिया हेरेर गर्नुहुन्छ ।’

प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सो समूहको तेस्रो बरियताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा छन् ।

अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले  उनले भने– ‘अदालतमा चलेको मुद्दाको हकमा आवश्यक सहजीकरण गरिदिने भनेका छौं ।’ सरकार र सो समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर हुँदा १८ जना प्रहरीको हिरासतमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार