logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवलाई स्वागत गर्न तयार छु : प्रचण्ड


  • राजनीति
  • शनिबार, फाल्गुन २२ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ आफ्नै बाटोमा आएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘विप्लव अन्ततोगत्वा हाम्रै पार्टीकै बाटोमा मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई धन्यवाद भन्न चाहन्छु’, प्रचण्डले भने, ‘छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको छु ।’

प्रचण्डले विप्लव यही लाइनमा आउने विश्वाससमेत व्यक्त गरे । उनले कम्युनिस्ट आन्दोलन समाजवादको बाटोमा अगाडि बढेको समेत बताए । उनले कम्युनिस्ट राम्रो भए पनि यो बिग्रिएमा दुगन्धित हुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार