राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज रणनैतिक माेर्चाका नेताहरुलाइ भेटेका छन् । वार्ता मार्फत भएका सहमतिमा हस्ताक्षर कार्यक्रमबाट हिजो सार्वजनिक भएका महासचिव विप्लवले बिहान गृहमन्त्री रामबहादुर थापा बादल र त्यसपछि नख्खु जेलमा रहेका सहकर्मी हेमन्त प्रकाश वली सुदर्शनलाई भेटेका थिए ।
रणनीतिक उद्धेश्यले निर्माण गरिएकाे उक्त माेर्चा मार्फत विप्लवले सडक संघर्षलाई अगाडि बडाएका थिए । वैज्ञानिक समाजवादका पक्षधरहरुसंग बनेकाे माेर्चालाइ नेकपा क्रान्तिकारी माओवादी का अध्यक्ष माेहन वैद्यले क्रान्तिकारी धुब्रिकरण र पार्टी एकताकाे सुरुवात भनी उद्योष गरेका थिए ।
गत पुष १४ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंगबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधसभा पुनस्थापना वा मध्यावधि निर्वाचनले संकटको समाधान नहुने दाबी गरेका थिए । चार वटा कम्युनिष्ट पार्टीले सरकार विरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका थिए ।
यि चार पार्टीले पहिलोपटक मोर्चाबन्दी गरेका हुन् । यो मोर्चाबन्दीलाई सम्भव भएसम्म पार्टी एकीकरणसम्म लैजाने लक्ष्य रहेको छ । जनगणतन्त्र स्थापनाका लागि प्रतिवद्ध सबै कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने लक्ष्य रहेको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य बताउँछन् ।
देशमा आन्तरिक तथा वाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको वैद्यको ठहर छ । यस्तो चलखेल रोक्नका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको उनको भनाई छ । सशस्त्र द्धन्द्ध नै गर्ने झल्को दिइरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताको पहल भइरहेको छ । सरकराले विप्लव समुहलाई प्रतिबन्ध लगाएको पनि वैद्यलाई मन परेको छैन ।
१० वर्षको जनयुद्धकालमा सँगै रहेका पुष्पकमल दाहालसँग भने एकताको सम्भावना नरहेको वैद्य बताउँछन् । दाहालले संसदीय व्यवस्था स्वीकार गरेर कम्युनिष्ट चरित्रबाट भागिसेककाले अब एकता नहुने महासचिव वैद्य बताउँछन् ।
देश कम्युनिस्ट सरकारको हातमा भएपनी कम्युनिस्टको मुल निती नै अहिलेका कम्युनिस्टले भुल्दै गएको आरोप लाग्ने गरेको छ । संसदीय व्यवस्था स्वीकार गर्नेहरु सच्चा कम्युनिष्ट नै नहुने विप्लव र वैद्यको ठहर छ ।