राजनीति
नेतृ बिना मगर यति बेला नेपाल सरकारको मन्त्री छन । उनको ब्यस्त सेडुवलको बावजुत गए राती एउटा भावुक र मर्मस्पर्शी स्टाटस सामाजिक संजालमा लेखेकी छन । पति प्रकाश दाहालको दिवगत भएको एक वर्ष पनि पुगेको छैन । सयोगवश हिजो मात्र प्रकाशको जन्म मिति परेको कारण बिना मगर बिगतका दिनहरु सम्झिदै भावुक हुँदै प्रकाशलाइ बिशेष स्मरण गरेकी छन । आखिर मान्छे न हो सबै सग भावना ,अभाव , चोट ,पीडा त अवस्य नै हुन्छ । मन्त्री बिनाले आफ्नो पीडा यसरी साटेकी छन ।
प्रिय प्रकाश तिमीसंग जिउने रहरहरू मुटूभरी गाँठों पारी राखेकिछु । मुस्किलले पाएको खुसी सम्हाल्दै संगै बिताएका बिगतको स्वर्णिम पलहरू आज मेरो जिउने साहारा बनिरहेको छ ।बिचित्रको पिडाले छाती पोलिरहेको छ । मुटू निमोठिए झै बेचैनिमामन छटपटिरहेको छ । सधै खुसी छाउने आजको रातले केबल आँसु दिईरहेको छ । तिमी नफर्किने गरी मलाई छोडी गयौ यो हुनैसक्दैन । तिमीलाई पर्खिरहेकी छु । तिमीलाई जन्मदिनको शुभकामना ………………