logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

नेपाल खनाल समुहकाे राष्ट्रिय भेला, काे काे सहभागी हुदैछन् ?


  • राजनीति
  • शनिबार, फाल्गुन २९ २०७७

खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।

बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार