logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बामदेव फकाउन बास्काेटा पुगे भैसिपाटी


  • राजनीति
  • शनिबार, फाल्गुन २९ २०७७

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो समूहमा सामेल गराउने प्रयास थालेको छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यद्वारा जारी गर्न लागिएको विज्ञप्तिमा गौतमको पनि हस्ताक्षर गराउने तयारी छ । त्यसका लागि गौतम निकट मानिने केन्द्रीय सदस्य बलराम बाँस्कोटा उनको निवास भैसेपाटीतिर लागेका छन् ।

बैठकबाट निस्किएपछि उनले नेपाल पक्षमा गौतमलाई पनि सामेल गराउन भैसेपाटी जान लागेको जानकारी दिए ।

ओलीसँग मिल्ने सम्भावना सकिएको गौतम आफैले घोषणा गरेकाले नेपाल पक्षका स्थायी कमिटी सदस्यले जारी गर्ने विज्ञप्तिमा गौतमको पनि हस्ताक्षर हुने उनले विश्वास दिलाए । यद्यपि, शनिबार शंखमुलमा बसेको नेपाल पक्षको बैठकमा उनी सहभागी भएका थिएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार