logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आजको सर्वदलीय बैठक माओवादी केन्द्रले बहिस्कार गर्ने


  • राजनीति
  • मंगलबार, चैत्र ३ २०७७

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन् । उनले उक्त बैठक बहिस्कार गर्नुपर्नेमा जोडसमेत दिएका छन् ।

उनले भने, ‘त्यत्रो अध्यादेश ल्याउँदा दलहरुसँग छलफल नगर्ने राष्ट्रपतिले किन बोलाउने अहिले ? के हैसियत छ र उहाँको बैठक बोलाउने ? के हैसियत छ ?’

उनले संसद् विघटन गर्दा कसैसँग सल्लाह नगर्ने राष्ट्रपतिले अहिले किन सर्वदलीय बैठक बोलाएकामा प्रश्न गरेका हुन् । नेपाली रेडियो नेटर्वकसाग मंगलबार बिहान भने, ‘अनपेक्षित रुपमा संसद् विघटन गर्नुभयो । त्यतिबेला राष्ट्रप्रमुखले संसद् बचाउन सक्नुहुन्थ्यो तर त्यसो गर्नुभएन अहिले सर्वदलीय बैठक बोलाउनुको औचित्य के छ ?’

उनले फेरि भने, ‘यस्तो पनि गर्नुहुन्छ ? अहिले किन बोलाउने ?’ नेताहरु जाने बारेमा उनले भने, ‘त्यो नेताहरुको कुरा हो ।’ उनले अहिले बैठकको औचित्यता नभएको बताए ।

अर्को प्रसङ्गमा नेता गजुरेलले सरकारमा गएका माओवादी केन्द्रका नेताहरुले अर्को पार्टीमा गइसकेपछि मन्त्री पदबाट राजीनामा दिनुपर्नेमा नैतिकता भुलेको आरोप पनि लगाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका मन्त्रीहरु माओवादी केन्द्रका भए पनि अहिलेसम्म राजीनामा दिएका छैनन् ।

माओवादी केन्द्रका २३ जना नेताहरु नेकपा एमालेमा गई केन्द्रीय सदस्यसमेत भइसकेका छन् । तर माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि छैन र पार्टीले आफ्नो पार्टीबाट अर्कै पार्टीमा गइसकेकालाई कार्वाही पनि गरेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार