logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटारकाे चियापान, एमालेका दुई समुहको बहिस्कार


  • राजनीति
  • मंगलबार, चैत्र ३ २०७७

नेकपा एमालेभित्रको आन्तरिक विवाद चुलिरहेको बेला प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

चियापान कार्यक्रममा ओली पक्षका नेताहरुको मात्रै सहभागिता रहेको छ भने वरिष्ठ नेता झलनाथ खनाल–माधव कुमार नेपाल लगायतको सहभागिता रहेको छैन । खनाल–नेपाल पक्ष चियापान कार्यक्रम बहिस्कार गरेर राष्ट्रिय भेलाको तयारीमा रहेको छ ।

पार्टीभित्रको विवाद सहमति उन्मुख नभएपछि मंगलबार ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका हुन् भने माधव पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार