logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काे काे पुगे शितलनिवास, हेर्नुस् [नामसहित]


  • राजनीति
  • मंगलबार, चैत्र ३ २०७७

राष्ट्रपति कार्यालय शीतलनिवासमा सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि निवासमा बोलाएकी हुन् । सर्वदलीय बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने सहभागी भएका छैनन् ।

४ र ५ चैतमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहेकाले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेताद्वय नेपाल र खनाल राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नगएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

बैठकमा सहमागी भएका नेताहरू

एमाले ओली समूह : केपी ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’

कांग्रेस : शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शशांक कोइराला

माओवादी केन्द्र : पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र देव गुरुङ

जसपा : महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो

जनमोर्चा : चित्रबहादुर केसी

राप्रपा : डा. प्रकाशचन्द्र लोहनी

नेमकिपा : प्रेम सुवाल

र, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार