logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल(क्रान्तिकारी)को अभियान पुर्व अध्यक्ष सिंहद्धारा उद्धघाटन


  • मुक्ति गैरे,काठमाडौं
  • बिहिबार, चैत्र १२ २०७७

मुक्ति गैरे,काठमाडौ ०७७ चैत १२ , नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु(क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिकाे प्रन्धाैं बैठककाे निर्यण अनुसार अाजबाट साढे तीन महिने संगठन सुदृढ तथा विस्तार अभियान शुरु भएको छ ।
उक्त अभियानलाई उद्दघाटन गर्दै अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्युरो सदस्य पुर्ण बहादुर सिंहले अाफ्नाे पार्टी लिएको एकीकृत जनक्रान्तिकाे अभियान मार्फत वर्गीय,जातीय,शैक्षिक एवम् राष्ट्रिय मुक्ति सम्भव भएकाेले यस अभियानमा युवा विद्यार्थीहरु सहभागी भएर ईतिहासले दिएको युगिन जिम्मेवारी पुरा गर्नुपर्ने बेला अाएकाेले यस तर्फ लाग्न अाह्वान गर्नु भयो । वुटवल उपमहानगरपालिका भित्र पर्ने चर्चित क्याम्पस सिद्दार्थ बहुमुखी क्याम्पस,हाटबजारमा उक्त अभियान शुरु गरिएको छ ।
साविक लुम्बिनीका पाल्पा,गुल्मी,अर्घाखाँची, कपिलवस्तु ,नवलपरासी,नवलपुरका जिल्लामा एकै साथ उद्दघाटन भएको छ । उक्त अभियान उद्दघाटनमा अनेरास्ववियु(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयाेजक विरेन्द्र विक,पुर्व केन्द्रीय सदस्य तथा विद्यार्थी नेता सुनिल बन्जाडे,रुपन्देही जिल्ला अध्यक्ष ईन्दु अाेलि,जिल्ला सदस्य पदम लगायतका जिल्ला एवम् केन्द्रीय नेतृत्वहरुकाे उपस्थिति रहेको छ । साथै उक्त अभियानबाट कमिटी गठन पनि गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार