logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्डसंग एकता गर्ने मुडमा नेपाल


  • पत्रपत्रिका
  • शुक्रबार, चैत्र १३ २०७७

नेपाल–प्रचण्डको सामीप्यता अझै बढेको छ । एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध भने अझै गाढा देखिएको छ ।

नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ । दुई नेताको छलफलमा २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुटिएकोमा पुनरावलोकनमा जाने सहमति भएको छ ।

यसअघि नेकपामा रहँदा पनि नेपाल र प्रचण्ड मिलेर ओलीविरुद्ध मोर्चाबन्दी कसेका थिए । ओलीलाई नेकपाको साधारण सदस्यताबाट हटाएका नेपाल र दाहाल पुनः पार्टी एकता कायम गराउने कसरतमा जुटेका छन् । राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार