मुक्ति गैरे,काठमाडौं / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कपिलवस्तु बाणगङगा नगर समितिको ४ औं सम्मेलन बाणगंगामा सम्पन्न भएको छ । उक्त सम्मेलनबाट बिनोद गिरिको अध्यक्षतामा २१ सदस्यीय नगर समिती चयन भएको छ । सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियु(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयाेजक विरेन्द्र विक,विशिष्ट अतिथि उक्त संगठनका जिल्ला अध्यक्ष बिष्णु बहादुर राउतको उपस्थिति रहेको थियोे ।