logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

युवा संगठन,लुम्बिनी ब्युरोकाे प्रशिक्षण सम्पन्न,प्रचण्डले जस्तो धाेका दिन गरेको सहमति हाेईन् : कृति


  • मुक्ति गैरे,काठमाडौं
  • शनिबार, चैत्र १४ २०७७

मुक्ति गैरे,काठमाडौं
युवा संगठन लुम्बिनी ब्युरोकाे ६ महिने “एकीकृत जनअाधार अभियान-२०७७/७८” अन्तर्गत अाज रुपन्देहीको वुटवलमा जिल्ला स्तरीय राजनीतिक एवम् वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमकाे उदघाेषक अध्यक्षता लुम्बिनी ब्युरोका संयाेजक विष्लेषण गर्दै शुरुआत भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मतव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज कृतिले – “अाँफुहरुले सरकार सित गरेको तीन बुँदे सहमति प्रचण्डको जस्तो राजनीतिक क्रान्तिका जादुगरि हतियारहरु सेना,सत्ता,जनअदालत(संयुक्त माेर्चा) बुझाउने गरि नभएको बताउनुभयो । याे सम्झौता कसैलाई सत्ता र पार्टी जाेगाउन नभएर नेपाली क्रान्तिकाे बाँकी कार्यभार पुरा गर्न उदघाेष भएको “एकीकृत जनक्रान्ति” कार्यदिशा अन्तर्गत भएको बताउनु भयो साथै उहाँले अबको बाँकी क्रान्तिकाे कार्यभार पुरा गर्न युवाहरु लाग्नुपर्ने बताउनुभएको छ । प्रशिक्षण कार्यक्रममा विशिष्ट अतिथि युवा संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलन अायाेजक समिति संयाेजक पाटन जंगलि,अतिथि नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्युरो सदस्य तथा पाल्पा सेक्रेटरी प्रभात,लेखक संघका केन्द्रीय महासचिव खाेमा तरामु मगरले लगायतले मन्तव्य मुलक प्रशिक्षण राख्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रमकाे संचालन नवलपुर जिल्ला अध्यक्ष अविनासले गर्नु भएको थियोे भने स्वागत मन्तव्य कपिलवस्तु जिल्ला अध्यक्ष बादलले गर्नु भएको थियोे । उक्त प्रशिक्षणमा साबिक लुम्बिनी अंचलका जिल्लाहरुबाट जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुकाे सहभागीतामा प्रशिक्षण सम्पन्न गरिएको युवा संगठन,नेपालका लुम्बिनी ब्युरोका संयाेजक विश्लेषणले बताउनु भएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार