logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

समाजका विकृत र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नु पत्रकारको धर्म हाे : पुर्व महासचिव चलाउने


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, चैत्र १५ २०७७

जनपत्रकार संगठन कैलालीकाे भेलालाई सम्बाेधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पुर्व केन्द्रीय महासचिव तथा नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला ईन्चार्ज दिपेन्द्र चलाउनेले – “पत्रकार भनेको समाजको सचेत वर्ग भएकोले समाजका हरेक विकृत र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नु पर्ने बताउनु भयो” । जनपत्रकार संगठन कैलालीकाे प्रथम जिल्ला भेला अायाेजक समिति गठन गठन भएको छ । भेलाले लाेकेन्द्र थापाकाे नेतृत्वमा ९ सदस्यीय प्रथम जिल्ला भेला अायाेजक समिति पनि चयन गरेको छ । उक्त भेलामा जनपत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य तथा सेम ब्युरो संयोजक प्रकाश थापा र केन्द्रिय सदस्य धर्म सिंह विकको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार