बागलुङ जिल्लाको बडिगाड–१० दर्लिङ बल्देधुरीमा दुई युवा समूहबीच झडप भएको छ । गुल्मी , बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली मनाउन गएका युवाहरुबीच झडप हुँदा करिब १५ जना युवाहरु बेपत्ता भएको आशंका गरिएको छ ।
आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना त्यहाँ उपस्थित भएका थिए । स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का करिब १५ जना युवाहरु बेपत्ता भएका आंशका गरिएको छ ।
त्यस मध्य निसिखोला गाउँपालिका ७ राजकुट नेपाली कांग्रेसका बाग्लुङ जिल्ला सदश्य प्रकाश कुँवर र दीपक परिवार मृत अबस्थामा फेला परेको जानकारी प्राप्त भएको छ ।
ती स्थानीय भन्छन् ‘भैसी चरण गर्ने भीर हो, १० देखि १५ जना त्यहाँबाट पल्टिएको भन्ने छ, अहिले पनि खोजी कार्य भइरहेको छ ।’ घटनापछि प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन अझै बाँकी छ ।