logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

विप्लवकाे मार्गलाई पछ्याउँदै गण्डक


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, चैत्र १६ २०७७

भनिन्छ नेतृत्व र निति सहि हुनु र नहुनुले सफलता र असफलताका हातहरु प्राप्त हुनेछन् । अहिले नेपाली राजनीतिक वृत्तमा चर्चामा रहेेेका युवाकाे नाम हाे विप्लव । उनको वास्तविक नाम नेत्र विक्रम चन्द भएता नेपाली माओवादी जनयुद्ध संगै अहिलेसम्म विप्लवबाटै परिचित छन ।

उनी तत्कालीन राेल्पा जिल्लाबाट कम्युनिस्ट विद्यार्थी राजनीतिक शुरुआत गरे संगै तत्कालीन माओवाद जनयुद्ध शुरुआत हुनु अगावै काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्दै गरे । उनी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनकाे विशिष्ठ जिम्मेवारी संगै नेपाली माओवादी आन्दोलनमा देश र जनताको मुक्ति दिलाउने र स्वाभिमान बनाउने स्कुलिङ्गले प्रेरित भएर हानिए ।

माओवादी जनयुद्धमा समेत उनले प्रत्यक्ष नेतृत्व गरेर कयौं माेर्चाहरु विजय सावित गरिदिए । जनयुद्धको वरिपरि चर्चित र लाेकप्रिय बनेका विप्लवकाे चर्चा अहिले झन झाङगिदै गएकाे छ । पछिल्लो समय तत्कालीन माओवादी आन्दोलनको उदेश्य विपरीत मुख्य नेतृत्वले विसर्जन र आत्मसर्पण गरेको भन्दै नेता,कार्यकर्ता र जनताहरुमा तिब्र सन्तुष्टि भए संगै वैध संगै विद्रोह गर्ने एक कुशल लिडर पनि हुन विप्लव ।

वैधकाे नेतृत्वमा तत्कालीन जनयुद्धको अभिभारा पुरा गर्ने उदेश्यले गरिएको विद्रोह २०७० काे निर्वाचन बहिष्कार सम्म त्यो सफल हुन सकेन् । यसका बावजुत केही छलफल र बहसले निष्कर्ष मुखि परिणाम नआए पछि विप्लव आफैले सम्बन्ध बिच्छेद गरि बाकी कार्यभार पुरा गर्न एकीकृत जनक्रान्तिकाे कार्यदिशाकाे उदघाेष गरि अहिले अगाडि बढिरहेका छन ।

विप्लवकाे कार्यदिशालाई पकडैछ अहिले नेपाली जनवृतले उनले अप्ठ्यारो परिस्थितिमा विकल्प सहित उभिने समझदार र रचनात्मक स्वाभावका लिडर पनि हुन । उनी आफ्नाे प्रतिबद्धताबाट पनि विचलित नहुने एक कुशल कमाण्डर पनि हुनुहुन्छ । उनका बढीमा विचार अनुसार काममा विस्वास राख्ने पात्रको रुपमा परिचित हुनुहुन्छ । उनको यस्तै स्वाभावलाई अहिले पार्टी पंक्ति र उनि निकट,सर्मथक संघ,संगठन र सुभचिन्तकहरुले देश विदेश सम्म पछ्याईरहेका छन् । यस्तै पार्टी भित्र कम्युनिस्ट अर्थ निति पास गरेर अहिले कडाइ पुर्वक पार्टी सुदृढीकरण संगै पार्टीलाई अनिवार्य उत्पादन र व्यवस्थापन संग जाेड्ने निति अपनाईएकाे छ । यहीँ निति अन्तर्गत अहिले पार्टीका सम्पूर्ण मातहतका कमिटीहरुले जनताको बिचमा पुगेर अनिवार्य श्रम गर्ने,पार्टी आधार बेसमा जनताको सहभागीतामा उत्पादनका कार्यहरू संचालन गर्ने गरिएको छ ।

विप्लवकाे यस अभियानलाई पकडदै नेपाल कम्युनिस्ट पार्टी गण्डकले अाफ्नाे गण्डकमा जनताको विचमा पुगेर श्रम गर्ने उत्पादन गर्ने कार्यमा तिब्रता दिएको छ । यस्तै लमजुङ,गाेरखा,स्याङ्जा,कास्की तनहुँ लगायतका जिल्लाहरुले याे कामलाई पछ्याई रहेको देख्न सकिन्छ ।एकाबिहानै जनताकाे गहुँ काट्न खेतमा पुगे विप्लव !‘विप्लव’ : जनताको जिवनमा सधैका साथी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार