नेपाल कम्युनिस्ट पार्टी उपत्यका बिशेष ब्युरोको आयोजनामा काठमाडौंमा आज राजनैतिक प्रशिक्षण कार्यक्रम चलिरहेको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सचिवालय सदस्य तथा प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्डले प्रतिबन्धलाई सानदार ढंगले जितेर वार्तामा आएको ठोकुवा गर्नुभयो । उहाँले बजारमा प्रतिक्रियावादीहरुले हारेर सम्झौता गरेर वार्तामा आएको भन्ने हल्ला भ्रामक,झुठा र प्रचारबाजी मात्रै भएको बताउनु भएको छ । दलाल पुँजिवादी संसदीय व्यवस्थालाई परास्त गर्ने वैचारिक हतियार आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा निर्विकल्प भएको पनि बताउनुभयो । उहाँले पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति आफ्नै देशको भुगोल भित्र र आफ्नै विवेकले गरिएको इतिहासमै नयाँ कदम भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा उपत्यका विशेष ब्युरो इन्चार्ज चिरन पुन “मिलन”ले विचार र सिद्धान्तबाट पतित भए मात्रै हार्ने ठाउँमा पुग्ने उल्लेख गर्नुभयो । आफ्नाे पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिकाे कार्यदिशा क्रान्तिकारी कार्यदिशा भएकै कारण आफुहरुको पार्टीले दलाल पुँजिवादको षड्यन्त्र कथित प्रतिबन्धलाई धुजाधुजा पारेको स्पष्ट पार्नुभयो ।
नेकपा उपत्यका विशेष ब्युरो इन्चार्ज चिरन पुन “मिलन”ले को अध्यक्षतामा भएको थियोे भने नेकपा काठमाडौं जिल्ला इन्चार्ज शरद रसाइली लगायतका ललितपुर,भक्तपुर र विशेष जिल्लाका ईन्चार्ज सेक्रेटरीहरुकाे उपस्थिति रहेको बुझिएको छ । यस्तै उस निकटका जनवर्गीय संगठनका उपलब्ध केन्द्रीय पदाधिकारीलाई उपस्थिति गराईएकाे बुझिएको छ ।