युवा संगठन,नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लामा व्यापक संगठनले विस्तारले तिब्रता पाईरहेकाे छ । तनहुँकाे ब्यास नगर पालिकामा एक कार्यक्रमका बिच कम्रेड राजकुमारको नेतितृवमा १७ सदस्यीय नगर कमिटी गठन भएको छ । उक्त नगर कमिटी गठन कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज क.निशान र युवा संगठन,नेपालका केन्द्रीय सदस्य तथा गण्डक,धौलागिरी ब्युरो ईन्चार्ज क.बिजयकुमारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संगठनका ब्युरो ईन्चार्ज क. बिजयकुमारले युवाहरूलाई प्रशिक्षित पार्दै भन्नू भयो – “दलाल पुजीबादी संसदीय ब्यवस्थामा आसिन शासकहरुले आर्थिक समृद्धको नाममा दक्ष युवा जनशक्तिलाई ठाउ का ठाउँ ढाट छल र भ्रम छाएको बताउदै भन्नु भयो – “आर्थिक समृद्ध तैले हुन्छ जुनबेला मुलुकमा उधोग कलकारखाना खोलेर युवाहरुलाई रोजगारको सृजना गरेसि मात्र हुने कुरा हो,तर नेपालमा त्यसको बिपरित रहेको,उल्टै पन्चायती हरुले निर्माण गरेका समेत उधोग कलकारखाना बिदेशी दलालहरुलाई कौडीको भाउमा बेचेर,युवाहरूलाई खाडि मुलुकको गल्लि गल्लीमा बस्तुको भाउमा बेचेर अझै हावा एवम् तथ्यहिन कुरा गरेर भ्रम फैलाउनु सामाजिक अपराध गरिरहेको र यिनीहरुबाट त्यस्तो कुनै युवा सम्बन्धि नयाँ पृथक खालको कार्यक्रम लन्च नहुने बरु युवाहरुलाई लागू अौसधमा डुबाई दिएर जाड रक्सि खुवाएर लठैत पार्दै आफ्नो असली दास बनाउनेमा दुई मत नरहेको ठोकुवा गर्नु भयो । र यस्ता भ्रामक तथा दमनको चङ्गुलबाट पूर्ण रुपमा मुक्त हुनको लागी देश तथा बिदेशमा छरिएर बसिरहेका सबै क्रान्तिकारी युवाहरु एकीकृत जनक्रान्तिको झण्डा मुनि गोलबन्ध भई दलाल पुजीवादी संसदीय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबाद स्थापनाको बिकल्प नरहेको धारणा व्यक्त गर्दै उपस्थित सबै युवाहरुलाई स्पस्ट पार्नु भयो ।