राजनीति
नेत्र बिक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका पिबिएम पदम राई ,भरत वम र ओम प्रकाश पुन लागायत ८ जनालाइ रिहाइ गर्न अदालतले आदेश जारी गरेको केही समय भित्रनै नेता पदम राई , ओम प्रकाश पुनलाइ पुन गिरफ्तार गरेको छ । प्रहरीले उनीहरु मध्य पदम राई र केदार राई लाई मोरङ र ओम पुनलाइ वर्दिया पठाउने तयारी गरेको स्रोतको भनाइ छ ।

गैरन्यायिक ढंगले अाफ्ना अाफन्त र नेताहरु राज्यले समातेर बिनाकारण हिरासत राखेकाे भन्दै अाफन्तले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए । सर्वोच्चको आजको इजलासले गैर कानुनी रुपमा नागरिक लाइ जेल हिराशत राख्न नपर्ने भन्दै रिहा गर्न अादेश गरेकाे भएता पनि ३ जना लाई पुन पक्राउ गरि अदालतको आदेश उल्घन गरेको नेकपाले जनाएको छ ।