अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आ’क्रमणमा एक प्रहरी अधिकारीको मृ’त्यु भएको छ । केही घा’इतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आ’क्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आ’क्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गो’ली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृ’त्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।
वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आतंकवादसँग सम्बन्धित नभएको बताए ।