logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

भाेली सरकार ढल्दै, माओवादी समर्थन फिर्ता लिने


  • राजनीति
  • शनिबार, चैत्र २१ २०७७

राजनीतिक संकटकाे निकास दिनेे भन्दै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने भएको छ । समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ ।

माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले भोलि समर्थन फिर्ता लिइने जानकारी दिए । उनले ऋषि धमलासँग भने,‘हामी भोलि नै स्थायी कमिटी बैठक बसेर सरकारलाई दिइआएको समर्थन फिर्ता लिन्छौं ।’

माओवादी केन्द्रलाई सरकारलाई दिइआएको समर्थन फिर्ता लिन दबाब बढिरहँदा पुनले नयाँ खुलासा गरेका हुन् । नेपाली काँग्रेसले हिजै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय समेत मागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार