logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सजपामा प्रवेश गर्दै राप्रपाका नेता बाेहाेरा !


  • राजनीति
  • मंगलबार, चैत्र २४ २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दिपक बोहराले पार्टी छाड्ने तयारी गरेका छन् । उनले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको तयारी गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार बोहराले राप्रपा परित्याग गरी अर्को कुनै दलमा प्रवेश गर्ने भएका हुन् । त्यसका लागि उनले छलफल चलाएका छन् । बोहरा जनता समाजवादी पार्टीमा जानेबारे कुराकानी गरिरहेका हुन् ।

रुपन्देही चुनावी क्षेत्र रहेका बोहरा अध्यक्ष कमल थापाप्रति असन्तुष्ट बन्दै आएका छन् । उनले जसपा प्रवेशको तयारी गर्नुमा रुपन्देहीमा उक्त दलको पकड बलियो हुनु पनि कारण हो ।

पञ्चायतकालबाट नै राजनीतिमा सक्रिय बोहरा बहुदलमा पनि पटक पटक मन्त्री बनेका थिए । उनी रुपन्देहीमा बलियो आधार बनाएका नेता मानिन्छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार