logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहमन्त्रीले आफुलाई मा’र्न खाेजेकाे प्रचण्डकाेे खुलासा


  • राजनीति
  • मंगलबार, चैत्र २४ २०७७

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि ब’म प्र’हा’र गर्नेलाई गृहमन्त्री बनाएर आफूले ग’ल्ती गरेको बताएका छन्।

मंगलबार जनआन्दोलन दिवसको सन्दर्भमा रुकुममा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आत्मलोचना गर्दै यस्तो बताएका हुन् ।

प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई अवसर दिएर गल्ती गरेको भन्दै यस्तो बताएका हुन् । उनले गृहमन्त्री भने पनि बादलको नाम लिएनन् । उनले मणि थापालाई स्थायी कमिटी सदस्य बनाएरसमेत गल्ती गरेको बताए । उनले आफूलाई संकटमा साथ दिने नेता तथा कार्यकर्तालाई अवसर नदिएर गल्ती गरेको स्वीकार गरे ।

‘२०७० को चुनावमा ममाथि ब’म प्र’हा’र गरे । म केही सेकेन्डले मात्र बाँचेको थिएँ । ती ब’म प्र’हा’र गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ । सायद मैले गल्ती गरेँ’, प्रचण्डले भने, ‘संगठन र जनतामा केही पनि प्रभाव नभएको मान्छेलाई लगेर स्थायी कमिटीमा राखिदिए । सायद मैल गल्ती गरेँ । मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नु पथ्र्यो । त्यहाँनेर गल्ती भयो ।’

‘म वास्तवमा तपाईंहरुसँग थोरै आत्माआलोचना गर्न पनि यहाँ आएको हुँ । मैले काठमाडौंका अरु पार्टीका नेताहरु देशीविदेशी थुप्रैथुप्रै मान्छेसँग यसो गरे होला कि, त्यसो गरे होला कि भने । तर, मैले राष्ट्र र जनताप्रति दायाँबायाँ त कहिल्यै गरिन । जनताको हितप्रति दायाँबायाँ गरिने र गर्ने पनि छैन । हजारौँ सहिद, हजारौं बेपत्ता योद्धा र घाइतेको बोझ मेरो टाउकोमा छ । म दायँबायाँ सोच्नै सक्दिन’, भावुक भएर गला अवरुद्ध हुँदा केहीबेर रोकिएर प्रचण्डले भने, ‘तर, यस बीचमा मलाई अप्ठेरोमा बचाउने, मलाई सहयोग गर्ने, जस्तोसुकै पर्दा पनि प्रचण्ड भनेर हिँड्ने नेता कार्यकर्ता ओझेलमा जस्तो,…अलि जाली फटाहा जस्ताले भाउ पाएजस्तो भयो । तपाईंहरुले देख्नु भयो, पार्टी विभाजन गरेर जाने र पछि आएर ‘गल्ती भयो कमरेड’ भन्नेलाई मैले बढो उदारतापूर्वक पार्टीको माथिल्लो तहमा जिम्मा दिएँ । मेरो गल्ती भयो ।’

प्रचण्डले बाँकी अवधि फेरि जनताको काखमा बसेर प्रतिक्रान्तिकारीलाई चुनौती दिने आँट भएकोसमेत घोषणा गरेका छन्। ‘अब थोरै समय काठमाठौँ, धेरै समय जिल्लालाई दिन चाहेको छु’, प्रचण्डले भने, ‘बाँकी अवधि जनताको काखमा फेरि एकचोटी गएर प्रतिक्रान्तिकारीलाई चुनौती दिने आँट मसँग छ।’

जनसभा तथा प्रशिक्षण कार्यक्रममा देखिएको उपस्थितिले आफूलाई ऊर्जा दिएको भन्दै प्रचण्डले प्रतिक्रान्तिकारीसँग कहिल्यै नझुक्ने बताए। उनले जनताका अगाडि गरिएका प्रतिबद्धतालाई बिर्सिएर नझुक्ने बताए्।

‘आज तपाईंहरुले दिएको ऊर्जाले त मलाई झन् ठूलो शक्ति प्रदान भएको छ’, प्रचण्डले भने, ‘म कुनै हालतमा झुक्ने छैन। जनताको अगाडि गरिएका वाचा कबुल र प्रतिबद्धता बिर्सने छैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार