logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काेराेनाबाट वच्न सरकारले बनायाे यस्तो याेजना


  • राजनीति
  • शनिबार, चैत्र २८ २०७७

सरकारले कोरोना भाइसर सङ्क्रमणको दोस्रो जोखिमबाट जोगिनेबारे योजना बनाई रहेको बताएको छ। सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सङ्क्रमणको जोखिमबाट बचाउने योजना बनिरहेको बताएका छन् ।

छिमेकी मुलुक भारतलगायतका देशमा कोरोना सङ्क्रमण बढिरहेकोले त्यसको असर नेपालमा समेत देखिन सुरु भएको जनाउँदै उनले योजना कार्यान्यनमा आउने बताए ।

‘लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगो लगाउछौं,’ उनले भने । पछिल्लो २४ घण्टामा नेपालमा २८८ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।

हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ । हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ पीसीआर परीक्षण भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार