युवा संगठन नेपाल दार्चुला जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज जिल्लामा भएको भेलामा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्ज कमरेड किरणको प्रमुख आतिथ्यता सम्पन्न भएको थियोे । विशेष अतिथि युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् सेती महाकाली इञ्चार्ज कमरेड श्यामको उपस्थित रहेको थियो । सम्मेलनले जिबनको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटी निर्वाचन गरेको छ ।