राजनीति
नेत्रविक्रम चन्द विप्लव नेपाली राजनीतिमा खरो नेता मानिन्छन् । उनी राजनीतिमा जति खरो र कडा छन जनवादी गित सगितमा त्यतिकै मुटु छुने भावुक गितहरु कोर्ने गर्छन । अहिलेको राज्य व्यवस्थाविरुद्ध उभिएका विप्लव अझै युद्धको आवश्यकताप्रति वकालत गर्छन् । राजनीतिको खरो पात्रका गीत भने सबैलाई भावुक पार्ने छन् ।
प्रचण्डले सेना समायोजन गरिसके पछि खोइ हाम्रा लालसेना भन्ने गित सबै माओवादी बृतमा सर्वाधिक चर्चामा रहेको गित हो । मोहन वैद्यसँग छुट्टिएर नयाँ पार्टी खोलेलगत्तै दुबई, कतार र मलेसियामा संगठन निर्माण गर्न गएका उनी मनभरि पीडा लिएर नेपाल फर्किए । केही पीडा डायरीमा उतारेर फर्किए, गीतका रूपमा । त्यहि गित सुन्दा मान्छेहरुको दिमाग हल्लिने र जिउ सिरिङ्ग हुने उनको गित सुन्नेहरुको प्रतिक्रिया छ ।

नेपाली दाजुभाइको दुःख देखेपछि त्यहीँ लेखे– कसले बनायो दाजै उडी जाने बस । नेपाल फर्केपछि मनमा भरिएको पीडा पनि खन्याएर गीतलाई पूर्णता दिए ।
माइला लामाले संगीत तथा निर्मला घिसिङले स्वर दिइएको विप्लवको गीत युट्युबमा चर्चित छ, खासगरी खाडीमा मजदुरी गर्ने नेपाली युवाहरुको बीचमा ।
विप्लवले दर्जन बढी गीत लेखिसकेका छन । उनले लेखेका प्राय गित चर्चित नै छन । उनको गितले मानिसलाइ संघर्ष गर्न उद्देलित गरेको भनाइ माओवादी बृतमा चर्चित छ । जनयुद्धताका नै उनी जनवादी गीतमा कलम चलाउँथे । ‘रगतै बग्यो नि बर्खे भेलसरि’ बोलको गीत राज्यले किलो सेरा टु अप्रेसन चलाएको वेला लेखेका थिए ।

जनयुद्धभर माओवादी वृत्तमा यो गीत चर्चित भयो । आफ्ना सहकर्मी कमान्डर किमबहादुर थापा ‘सुनील’ मारिँदा उनले ‘जंग हो साथी जंग’ लेखेका थिए । जनवादी गित सगितमा नेत्र बिक्रम चन्द विप्लव एउटा प्रखर र प्रख्यात सर्जकको परिचय पनि रहेको छ ।