आज वुटवलमा सम्पन्न अखिल(क्रान्तिकारी) रुपन्देहीको २४ अाैं जिल्ला सम्मेलनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले “देशको राजनीति र राज्यव्यवस्था खराब भएका कारण नेपालको शिक्षा प्रणाली २ खण्डमा विभाजित भएको बताए ।
सिंहले भने,वर्तमान निजी,दलाली,अव्यवहारिक,अवैज्ञानिक शिक्षा ग्रहण गर्नुको कुनै औचित्य नभएकाले यसको अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा स्थापना गछौँ । नेपालको राजनीतिक विद्यार्थी आन्दोलनमा सहादत भएका सहिदहरूको सुन्दर सपनाहरू पुरा गर्न सम्पूर्ण वामपन्थी,प्रगतिशिल,देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परिस्थिती सिर्जना भएको छ ।
सिंहले वर्तमान दलाल, पुंजीवादी संसदीय व्यवस्थाले विद्यालय तथा कलेजहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूले राजनीति गर्नुहुँदैन भन्ने मानसिकता विकास गरेकाले त्यो झुट भएको र त्यस्ता भ्रमलाई चिर्दै अखिल (क्रान्तिकारी) मा संगठित भई एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भई कडा संघर्ष गर्न अपिल समेत गरेका थिए । उनले वैज्ञानिक समाजवाद स्थापनार्थको लागि आफूहरूले बलिदान दिन पनि तयार रहेको बताए ।
उनले वर्तमान संसदीय व्यवस्था राष्ट्रघाती,जनघाती,भ्रष्टचारी व्यवस्था भएकाले जनमत संग्रहद्धारा व्यवस्था बदल्ने अधिकार जनतालाई दिनुपर्ने बताए ।”
आज नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)रूपन्देहीको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको लागि हाम्रो आन्दोलन ! वैचारिक र सुदृढ संगठनको लागि २४ औं जिल्ला सम्मेलन !! भन्ने मूलनारासहित आइतवार सम्पन्न जिल्ला सम्मेलनले इन्दु ओलीको अध्यक्षतामा २१ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा पारस राहादी मगर,सचिवमा पदम पराजुली, सहसचिवमा पवन ज्ञवाली,कोषाध्यक्षमा साया सापकोटा निर्वाचित भएका छन् । यस्तै कार्यक्रममा अखिल(क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माले अखिल (क्रान्तिकारी)ले शैक्षिक क्षेत्रमा देखिएको दलालीकरण,माफियाकरण, नीजीकरण,राष्ट्रिय स्वाधीनता र जनजीवीकाको पक्षमा आवाज उठाउँदै आएकाले शैक्षिक दलालहरूमा आतंक सिजर्ना भएको बताए ।
उनले दलालहरूको भ्रममा नपरी संगठनमा संगठित हुन सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई आह्वान समेत गरे । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास,
अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विक, युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, अखिल नेपाल लेखक संघका केन्द्रीय महासचिव खोमा तरामु मगर, अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर,अखिल नेपाल शिक्षक संगठनका रूपन्देही जिल्ला अध्यक्ष रेशम चालिसे,अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका योगेन्द्र यादव, युवा संगठन नेपालका रूपन्देही जिल्ला अध्यक्ष सन्तोष,नेकपा नेतृ वर्षा,अखिल नेपाल जनसांस्कृतिक महासंघका रूपन्देही अध्यक्ष बिहानी मगर,क्षितिज सांस्कृतिक परिवार लुम्बिनी ब्युरो सह–संयोजक आत्मा,अखिल (क्रान्तिकारी) कपिलवस्तु जिल्ला अध्यक्ष विष्णु राउत, जनपक्षीय अनलाइन मिडिया जनबाटो डटकमका संवाददाता प्रदीप राहादी मगर,एन.बी शाही,गोपाल रोका लगायतको उपस्थिती रहेको थियो ।
उनीहरूले विगतको राजनीतिक विद्यार्थी आन्दोलनमा नेतृत्वले धोका दिएपछि सहिदहरूको सपना अधुँरो रहेको बताएका थिए । नवनिर्वाचित जिल्ला अध्यक्ष इन्दु ओलीले नयाँ कार्ययोजना तयार गरेर संगठनलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदीप राहादी मगर, पवन ज्ञवाली,दिपिका थापा,सुनिल नेपाली लयायतले वैज्ञानिक समाजवाद, जनजीवीका र राष्ट्रियताको पक्षमा रचित गीत, कविता,गजल वाचन गरेका थिए भने क्षितिज सांस्कृतिक परिवार लुम्बिनी ब्युरोको विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । सम्मेलनमा विभिन्न विद्यालयका विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।
पारस राहादी मगरको सञ्चालनमा रहेको कार्यक्रमको अध्यक्षता इन्दु ओली र स्वागत मन्तव्य पदम पराजुलीले राखेका थिए ।