राजनीति
पोखरा : पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको शव आज तनहुँ भिमाद नजिक सेति नदिमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख तथा एसपी ओम बहादुर रानाले असार ९ गते देखि बेपत्ता भएका पौडेलको शब आज (शनिबार) तनहुँ भिमाद नजिक सेति नदिमा भेटिएको बताए ।
‘भिमाद नगरपालिका–६ सेती नदिमा घोप्टो अवस्थमा भेटिएको हो,’ उनले भने, ‘बिहान ८ः३० बजे तिर भेटिएको हो, परिवारले समेत शव पहिचान गरिसकेका छन् ।’ शवलाई पोखरा ल्याइने प्रहरीले जनाएको छ ।
घरबाट हराउनु अघि पौडेलले परिवारलाई सम्बोधन गर्दै छोटो पत्र पनि लेखेका थिए ।
पत्रमा ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ’ लेखिएको थियो ।