राजनीति
माओवाद मान्ने दइ पार्टी क्रान्तिकारी माओवादी र नेकपा (माओवादी) ले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग निर्णयक छल्फल गर्ने निष्कर्षमा पुगेकाछन ।
नेपाली राजनीतिका पाका नेता तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र माओवादीका संयोजक विमल अधिकारीबीच भएको छलफलमा नेपाल कम्युनिस्ट पार्टी सँग पार्टी एकता गर्ने सहमति भएको जनाएको छ । जसका लागि नेकपाका महासचिव विप्लवसँग निर्णयक वार्ता गर्ने सहमति समेत भएको जानकारी दिएकाछन ।
क्रान्तिकारी माओवादीका महासचिव किरणले क्रान्तिकारी ध्रुविकरण आवश्यक बन्दै गएको र त्यसका लागि ठोस पहल गर्नुपर्ने बताएका छन । “दक्षिणपन्थी र संशोधनवादीहरु एक जुट भइरहेका छन् । उनीहरुछन बलियो भन्दै गएका छन् । क्रान्तिकारी एक नहुने हो भने क्रान्तिकारी आन्दोलन कमजोर हुनुको साथै जनता निरास हुन्छन्” वैद्यको भनाइ उदृत गर्दै एक नेताले जानकारी दिए । उनले त्यसको क्रान्तिकारी धारामा रहेका सबैसँग निर्णयक छलफल गर्नुपर्ने बताएका समेत स्रोतको भनाइ छ ।
सोहि छलफलमा सहभागी माओवादीका संयोजक अधिकारीले नेपाल कम्युनिस्ट पार्टी मुख्य क्रान्तिकारी शक्ति भएको बताउँदै उसँग एकता गरेर जानु पर्नेमा बताए ।
दुइ पार्टीबीच भएको छलफलमा विप्लवसँगै निर्णयक वार्ता गर्ने निष्कर्ष सहित सहमति भएको माओवादीका संयोजक अधिकारीले बताएका छन ।