logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

ओलीका सांसद प्रचण्डतिर, धुव्रिकरण तिब्र हुँदै


  • राजनीति
  • शनिबार, बैशाख ४ २०७८

सत्तारूढ दल नेकपा एमाले संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई कारवाहीका लागि सिफारिस गरेको छ । उनीहरु चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय बैठकले गरेको हो ।

कारवाहीमा पर्नेमा प्रत्यक्ष निर्वाचित सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही छन् । उनीहरुले संसदमा फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत दिएका थिए । चारैजनालाई सांसद र साधारण सदस्यता खारेजीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए ।

देवीलाई स्पष्टीकरण

यस्तै समानुपातिक सांसद देवी वलीलाई चौबिस घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिने पार्टीको निर्णय छ । वलीले पहिले बिश्वासको मतका पक्षमा मतदान गरेकी थिइन् । तर, पछि आवश्यक संख्या पुगिसकेको भन्दै आफ्नो मत सच्याएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार